यस अघि सरकारसँग नेपाल शिक्षक महासंघ सहितका शिक्षक संंघ/संगठनसँग भएका सहमतीलाई समेटेर चाडो भन्दा चाडो विद्यालय शिक्षा विद्येयक संघीय संसदबाट पारित हुनु पर्ने माग गरि आन्दोलनरत नेपाल शिक्षक महासंघ सहितका शिक्षक संघ/संगठनहरुको आन्दोलन झन चर्किदै गएको छ । उनीहरुले हिजोबाट शुरु गरेको शैक्षिक हड्तालले विद्यालयका गतिविधि प्रभावित हुँदै गएका छन् ।

उता आन्दोलनरत शिक्षकहरुलाई नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि बार्ता गर्न आह्वान गरेको छ । बार्ताको समय भने आपसी समझदारीमा तय गरिने नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यही चैत्र २० गतेदेखि सरकारको ध्यानाकर्षणका लागि काठमाडौंमा नेपाल शिक्षक महासंघको नेतृत्वमा सडक आन्दोलन शुरु गरेका शिक्षक संघ/संगठनहरु यस अघि श नेपाल सरकार, शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको बार्तामा गएनन् । बरु हिजोबाट आन्दोलनरत शिक्षक संघ/संगठनहरुले शैक्षिक हड्ताल गरिरहेका छन् ।

संघीय संसदको विशेष अधिवेशन आहवान गरेरै भएपनि शिक्षकहरुका समस्या समाधान गर्नु पर्ने नेकपा (माके) का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । नेकपा (माके), जनता समाजवादी पार्टी, नेपाल , ऋषि कट्टे्ल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतले सरकारलाई अविलम्ब शिक्षकहरु समस्या समाधान गर्न आग्रह गरेका छन् ।








शिक्षक साथीहरु त्याग गर्न तयार हुनुहोस्

- ऋषि कट्टेल ,अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी
म केही दिन देखि जनसंवाद अभियान अन्तर गत तराई मधेशका जिल्लाहरुमा रहेकोले आन्दोलनरत शिक्षकहरुसँग प्रत्यक्ष भेटने अवसर मिलेन । आफू लामो समयसम्म शिक्षक आन्दोलनमा रहेको र अत्यन्त्य कष्टपुर्ण आन्दोलन मार्फत शिक्षा क्षेत्रलाई मर्यादित बनाउन भुमिका खेलेको हुँदा समेत आज शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तता र मर्यादाहीन बन्दै गरेको शिक्षकहरुको अवस्था देख्दा मन अमिलो हुन्छ । यस्तो अवस्था बन्नुमा मुख्य दोषी शिक्षकहरु नै हुन् किनकी उनले आफनो कर्तव्य भुुले । शिक्षकहरु शैक्षिक आन्दोलनको नेता बनेनन् । जनताको भाषामा पार्टीका झोले बने । सत्ताको पछि लागेर शिक्षक आन्दोलन र यसको गौरवलाई भुले , जसले गर्दा विद्यार्थीहरुनै तपाइहरुको कक्षामा बस्न नरुचाउने भए र विदेशको बाटो रोजे । आन्दोलन शुरु गरिरहदा शिक्षकहरु, २०४६ पछि तपाइहरुले प्रदर्शन गर्नु भएको शैक्षिक आन्दोलनको मर्यादा विरुद्धको दुष्कर्मबारे आम जनता समक्ष माफी माग्नुपर्दछ र यस्तो अनुचित काममा नलाग्ने प्रण गर्नु पर्दछ । अन्यथा, तपाईहरुको आन्दोलनलाई जन समर्थन हुने छैन ।
आजको शैक्षिक अस्तव्यस्ताको मुख्य कारणनै शिक्षामा भएको निजीकरण र त्यसको जगमा विकास भएको माफियाकरण नै हो । यसले केवल शिक्षा क्षेत्रमा मात्र हैन, देशको समग्र पक्षमा बहुआयामिक असर पु-याएको छ । अबको शैक्षिक आन्दोलनको मुल नारा शिक्षामा भइरहेको निजीकरण तथा माफियाकरणको अन्त्य र मर्यादित शिक्षक पेशाको पुनस्थापना हुनुपर्दछ ।
शिक्षक साथीहरु !
शिक्षकहरुले विगतमा जनअधिकार र मयाृदित शिक्षक पेशाको लागि गरेको त्याग सम्झनुहोस् । आज देशको बरबदी र अमर्यादित शिक्षक पेशालाई ध्यानमा राखेर एक पटक फेरि त्यागको लागि तयार हुनुहोस् । तपाइहरुले समर्थन गरेका दलहरु माफियाका भरिया बनिसकेका छन् । यिनको ढाडमा डण्डा नबर्षाएसम्म यी तह लाग्ने छैनन् ।
(कट्टेल पञ्चायतकालमा चलेको शिक्षक आन्दोलनको नेता हुन् । )