व्यापक विरोधका बाबजुद नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , सम्मानित नेता झलनाथ खनाल लगायत सहितको सम्लग्नतामा नेपालको संविधान, २०७२ मा भएको थ्रेसहोल्डको व्यवस्था यतिबेला उहाँहरु आफैलाई गलापासो बनेको जानकारहरु बताउछन् । यसबेलासम्म घोषणा भएको समानुपातिकतर्फको मतपरिणाम अनुसार २७,८८,५५६ मत प्राप्त गरेको नेकपा (एमाले), २६,६०,३४६ मत प्राप्त गरेको नेपाली कांग्रेस, ११,६२,१२४ मत प्राप्त गरेको नेकपा (माके),११,२,४,५४२ मत प्राप्त गरेको रास्वपा , ५,८६,६३८ मत प्राप्त गरेको राप्रपा , ४,२०,९४६ मत प्राप्त गरेको जनता समाजवादी पार्टी, नेपाल र ३,९४,५२३ मत प्राप्त गरेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउदा २,९४,३६२ मत प्राप्त गरेको नेकपा (एस) र २,७१,६६२ मत प्राप्त गरेको नाउपाले ३ प्रतिशत मत पु-याउन सक्ने अवस्था कठिन बन्दै गएको छ यदी स्याङ्जा , दोलखा र बाजुराको मतगणनामा नेकपा (एस)ले उल्लेख्य मत प्राप्त गर्न सकेन भने । नेपालको संविधान,२०७२ मा यदी ३ प्रतिशत मतको सीमा सहितको थ्रेसहोल्डको व्यवस्था नभएको भएको भए नेकपा (एस) र नाउपाको कम्तीमा ४ , प्रत्यक्ष तर्फ ४ सिट जितेर १,६७,२८१ मत प्राप्त गरेको लोसपाको कम्तीमा ३ र र प्रत्यक्षतर्फ १ सिट जितेर ७५ हजार मत प्राप्त गरेको नेमकिपाको १ सिट समानुपातिकतर्फबाट जित्न सक्ने अवस्था आउन सक्थ्यो ।