
जनमत पार्टी सरकार सामेल भएसँगै नेकपा (माके)ले मन्त्रीबाट फिर्ता बोलाएका नि:बर्तमान संघीय मामिला तथा साामान्य प्रशासन मन्त्री अमनलाल मोदी आफ्नो कार्यकालमा भएका कार्य सार्वजनिक गरि मन्त्रालयबाट सहयोगका लागि सबैलाई धन्यबाद दिएर बिदा हुुनुभयो । झण्डै ७ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका नेकपा (माके)का नेता मोदीले आफ्नो कार्यकालमा भएका कार्य शुत्रबद्ध रुपमा प्रस्तुत गर्नुभएको थियो ।








