गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गीतको संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल विना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।
गायक रुद्रसेनले भने, “यसपालिको होलीलाई अझ रमाइलो बनाउनका लागि ‘होली सररर’ तयार पारेको छु ।”
गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।
गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्न सकिने छ ।