इमानमा बाचेका बरिष्ठ पत्रकार भैरव रिसालले आइतबार साझ ८ बजृे काठमाडौंको बानेश्वरस्थित फ्रण्टलाइन हस्पिटलमा ९७ वर्षको उमेरमा सदाका लागि आँखा चिम्लिए । लामो समय पत्रकारिता क्षेत्रमा कार्य गरेका बरिष्ठ पत्रकार रिसालको निधनप्रति पत्रकारहरु सहित विभिन्न क्षेत्रमा कार्य गरिरहेका मानिसहरुले शोक प्रकट गरेका छन् ।
जयतु संस्कृतम आन्दोलनमा सहभागी भएका रिसालले लामो समय राष्ट्रिय समाचार समितिमा काम गरेका थिए । त्यहाँबाट अवकास हुदा बरिष्ठ संवाददाता थिए उनी । त्यसपछि उनले वातावरण पत्रकारितामा लागे । रेडियो सगरमाथा स्थापना भएपछि उनले “बाजेका पालामा” कार्यक्रम चलाएका थिए रिसालले । रसिक पारामा कुरा गर्न रुचाउने रिसालले मृत्युपछि आफनो शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरेका थिए, जसका कारण पाटन स्वास्थय विज्ञान प्रतिष्ठानले उनको पार्थिव शरीर जिम्मा लिएको बताइएको छ ।