

काठमाडौंको सीतापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन काउण्टरबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सहितका सेवा प्रवाह गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.ले बिगतका वर्षहरुमा झैं २०८० मंसिर ७ गते बिहीबार हरिबोधनी एकादशीमा काठमाडौंको नागार्जुन नगरपालिका-५ मा रहेको इचङ्गुनारायण मन्दिरमा गएका दर्शनार्थी लगायतलाई सु-स्वास्थ्यको कामना गर्दै नि:शुल्क पानी वितरण ग-यो । सो कार्यक्रमको नागार्जुन नगरपालिका वडा नं.५ का वडाध्यक्ष महेश रिमाल र उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. का संरक्षक शंखवीर पुतुवारले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरुले उपासना महिला बचत तथा ऋण सहकारी संंस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेेवा प्रवाहसँगै सामाजिक सेवामूलक कार्य गरेको देख्ता खुुशी लागेको बताउनुभयो ।

यो संस्थाले विगत ४ वर्षदेखि निरन्तर हिरबोधनी एकादशीमा उक्त मन्दिर परिसरमा गएका दर्शनार्थी लगायतलाई नि:शुल्क पानी, चिया तथा सर्वतपानी वितरण गर्दै आएको छ ।
त्यसैगरी यो संस्थाले स्वयम्भूमा लागेको एक महिने गुँला पर्वको अवसरमा लागेकोमेलामा गत भदौ २० गते नि:शुल्क सर्वतपानी वितरण तथा कृष्ण जन्माष्टमी र हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।
वित्तीय कारोबारसँगै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी समय समयमा विभिन्न विषयका शिक्षा तथा तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको यो संस्थाले आयोजना गर्ने सेवामूलक सामाजिक कार्यमा यस संस्थाको व्यानर भएपनि तिनमा लाग्ने खर्च भने यो संंस्थाको नभई यसका सल्लाहकार तथा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु, कर्मचारीहरु लगायतबाट उठाएको पैसाबाट गर्ने गरिएको सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको भनाइ छ ।
भोलि विहान ८ बजेदेखि सीतापाइलामा यो संस्थाको १४औँ वार्षिक सााधारण सभा हुने बताइएको छ ।




