उरुग्वेलाई पराजित गरि कोलम्बिया कोपा अमेरिका फुटबल-२०२४ को फाइनल प्रवेश

१५ पटक कोपा अमेरिका फुुुटबलको उपाधि उचालेको उरुग्वेलाई १-० गोल अन्तरल स्तब्ध पारी कोलम्बिया कोपा अमेरिका फुटबल-२०२४ को फाइनल प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिका फुटबलको ४८औँ संस्करणको खेल अन्तर्गत आज विहान उरुग्वे र कोलम्बिया बीच भएको दोश्रो सेमी-फाइनल खेलमा कोलम्वियाका जेफर्सन लेर्माले खेलको ३९ मिनेटमा गरेको गोल कोलम्बियाको जीतको लागि निर्णायक बनेको थियो । खेलको पहिलो हापको इञ्जुरी समयमा उरुग्वेका खेलाडीलाई फल गरेकाले कोलम्बियाका खेलाडी ड्यानियल म्युनेज दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । खेलको दोश्रो हापमा उरुग्वेले खेलमा पकड बनाएर गोल गर्न निकै प्रयास गरेपनि गोल भने हुन सकेन । खेलको ६७औँ मिनेटमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले प्रहार गरेको बल पोष्टमा लागेर बाहिर गएको थियो भने कोलम्बियाका खेलाडीले २ पटक गोलको लागि प्रयास गरेपनि गोल भने हुन नसक्ता खेल १-० गोल अन्तरले सकियो र कोलम्बियाले फाइनलमा अर्जेन्टिनासँग भेट पक्का ग-यो ।

सन् २०२१ मा ब्राजिलमा सम्पन्न यस अघिको कोपा अमेरिका फुटबलको सेमी-फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाबाट पराजय भोगेको कोलम्बियाका लागि फाइनल खेेेलमा अर्जेन्टिनासँग बदला लिने मौका मिलेको छ चने डिफेण्डिङ्ग च्याम्पियन अर्जेन्टिना पनि यो रक्षा गर्ने दाउमा छ । अर्जेन्टिना र कोलम्बिया बीचको फाइनल खेल आउदो सोमबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *