ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा संसदवाद विरुद्ध जनजागरण अभियान सञ्चालन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा यही फाल्गुण १८ गतेदेखि संसदवादको अन्त गरी नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि जनजागरण अभियान सञ्चालन भइरहेको छ । यो अभियानका क्रममा पर्चा वितरण, जनतासँग छलफल अन्तर्क्रिया, विरोध सभा तथा पार्टी संगठनका भेला प्रशिक्षण लगायतका कार्यक्रम भइरहेको पिपुल्स फोर्स नेपालका अध्यक्ष विश्वजीतले बताउनुभयो । “यसैक्रममा यही मंसिर २१ गते काठमाडौंको बालाजु माछापोखरीमा, फाल्गुण २२ गते ललितपुरको भैंसेपाटी र फाल्गुण २३ गते ललितपुरको लगनखेलमा राष्ट्रघात, जनघात र भ्रष्ट्राचारको संरक्षक संसदवाद विरुद्ध विरोध सभा आयोजना गरेको र ती विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष प्रा.डा. शम्भु कट्टेल , सचिवालय सदस्यहरु राजेश बान्तवा, डा.भगवानचन्द्र ज्ञवाली र विपति मण्डल, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा, पिपुल्स फोर्स नेपालका अध्यक्ष विश्वजीत र नेता नील गगन लगायतले सम्बोधन गर्दै संसदवादी व्यवस्था रहेसम्म नेपाली जनताले दु:ख पाइरहने भएकाले मुलुकमा सुशासन कायम गर्न नयाँ जनवादी गणतन्त्र स्थापना हुनु पर्ने बताउनुभएको र जनताको साथ पाए नेपाल कम्युनिष्ट पार्टी मुलुकलाई नयाँ शिराबाट सञ्चालन गरि शोषण र उत्पीडन अन्त गरि देशमा सुशासन कायम गर्न सक्षम छ भन्नुभयो’, महासचिव थापाको भनाई छ ।

“यो अभियान २०८२ को बैशाख मसान्तसम्म देशैभर सञ्चालन हुन्छ “, पिपुल्स फ‍ोर्स नेपालका नेता नील गगन बताउनुहुन्छ ।

काठमाडौ जिल्ला भेला

नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित सो जनजागरण अभियानको क्रममा यही फाल्गुण २१ गते नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला स्तरीय भेला माछापोखरीमा सम्पन्त भयो । शहीदहरुप्रति एक मिनेट मौनधनरण गरी श्रद्धाञ्जली अर्पण गरेर शुरु भएको भेलालाई सोही पार्टीका उपाध्यक्षद्वय आर.बी. भण्डारी र प्रा.डा. शम्भु कट्टेल , पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगाना, पिपुल्स फ‍‍ोर्स नेपालका अध्यक्ष विश्वजीत लगायतले सम्बोधन गर्नुभएको थियो । पिपुल्स फ‍ोर्स नेपालका नेता उत्सुक कट्टेलले सञ्चालन गर्नु भएको भेलाले रत्नप्रसाद जोशीको संय‍ोजकत्वमा १५ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला संयोजन समिति पुनर्गठन गरेको छ । उक्त समितिको सह-संयोजकमा भवानी के.सी. तथा सदस्यमा निश्चल कट्टेल, अर्जुन गौतम, छविलाल खतिवडा, खम्ब सिंह मगर, अमन खड्गी, टेकेन्द्र बुढा मगर , शरण पौडेल, ओमजंग भण्डारी, नवराज वि.क., इन्दिरा भट्टराई ,रणमाया लिम्बू , पासाङ लामा र राजेन्द्र उप्रेती रहनुभएको जनाइएको छ ।

यसैगरी यही फाल्गुण २२ गते ललितपुर खोकनामा सम्पन्न किसनाहरुको भेलाले नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियनको खोकना इकाई समिति निर्माण गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *