कतार फिफा विश्वकप : समुह ‘ए’ बाट नेदरल्याण्ड्स र सेनेगल नकाउट चरणमा प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा समुह ‘ए’ बाट नेदरल्याण्ड्स समुह विजेता र सेनेगल समुह उप-विजेता बनेर प्री- क्वाटर फाइनलमा प्रवेश गरेका छन् । मंगलबार जारी समुह ‘ए’ को लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० गोल अन्तरले र सेनेगलले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेका थिए । सो जीतसँगै नेदरल्याण्ड्सले लिग चरणका ३ खेलमा २ जीत र १ बराबरी खेली ७ अंक बटुलेको छ भने १ हार बेहोरेको सेनेगलले २ जीत हासिल गरेर ६ अंक बटुलेको छ । लिग चरणको पहिलो खेलमा नेदरल्याण्ड्सँग हारेको सेनेगलले कतार र इक्वेडरलाई पराजित गरेको थियो भने इक्वेडरसँग बराबरी खेलेको नेदरल्याड्सले कतार र सेनेगललाई पराजित गरेको थियो । यता समुहको ‘ए’ पहिलो खेलमा आयोजक कतारलाई पराजित गरेको इक्वेडरले दोश्रो खेलमा नेदरल्याड्ससँग बराबरी खेलेको थियो । लिग चरणको अन्तिम खेलमा सेनेगलसँग बराबरी गर्दा पनि इक्वेडरको समुह ‘ए’ बाट अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त थियो भने सेनेगललाई सो खेल जित्नै पर्ने बाध्यता थियो । उक्त खेलमा सेनेगल २-१ गोल अन्तरले विजयी भई नकाउट चरण प्रवेश ग-यो भने सो खेलमा पराजित भएपछि इक्वेडर समुह चरणबाटै बाहिरियो । यस्तै समुह ‘ए’ को लिग चरणका ३ वटै खेलमा पराजय भोगेर समुह चरणबाट बाहिरिएको कतारले १ गोल फर्काएपनि बिर्सिन लायक खेल खेलेको थियो ।

समुह ‘ए’ बाट नकाउट चरणमा विजेता बनेर छनौट भएको नेदरल्याण्ड्सले समुह ‘बी’ को उप-विजेता टोलीसँग र समुह ‘ए’ बाट उप-विजेता बनेको सेनेगलले समुह ‘बी’को विजेता टोलीसँग नकाउट चरणको खेल खेल्नेछन् ।

सन् २०१४ मा ब्राज्रिलमा सम्पन्न २०औं संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पेनाल्टी सुटाउटमा आर्जेन्टिनासँग पराजित भएको नेदरल्याण्ड्स त्यसपछि पहिलो पटक कतारमा जारी २२औं संरकरणको फिफा विश्वकप फुटबलमा युरोप महादेशबाट छनौट भएको थियो । त्यस्तै सन् २००२ मा सम्पन्न फिफा विश्वकप फुटबलमा क्वाटर फाइनलसम्म पुगेको सेनेगल त्यसयता पहिलो पटक फिफा विश्वकप फुटबलको उप-विजेता बनेर नकाउट चरण पुगेको हो । सेनेगलले सन् २००२ को फिफा विश्वकप फुटबलमा सन् १९९८ को फिफा विश्वकप विजेता फ्रान्सलाई हराएर सनसनी मच्याएको थियो ।

मंगलबार सम्पन्न समुह ‘ए’ नेदल्याण्ड्स र कतार बीच भएको लिग चरणको अन्तिम खेलको २६औं मिनेटमा नेदरल्याण्ड्सका ड्याफी क्लासोनको पासमा कोडी ग्याक्पोले गोल गरी नेदरल्याणृड्सलाई अग्रता दिलाए भने नेदरल्याण्ड्सका फ्रेन्की डि जोङले खेलको ४१औं मिनेटमा दोश्रो गोल गरे । जारी विश्वकपकै समुह ‘ए’को लिग चरणका ३ वटै खेलमा नेदरल्याण्ड्सका कोडी ग्याक्पो गोल गरे ।

यस्तै मंगलबार नै सम्पन्न समुह ‘ए’ का सेनेगल र इक्वेडर बीचको लिग चरणको अन्तिम खेलको ४४औ मिनेटमा सेनेगलका इस्मायल सारले पेनाल्टीबाट गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए भने सेनेगलका कप्तान कोउलीबेलीले दोश्रो गोल गरी सेनेगलको जीत निश्चित गरेका थिए । खेलको ६८औं मिनेटमा इक्वेडरका साइसेडाले सेनेगल बिरुद्ध गोल गरे पनि त्यसलाई जोगाउन नसक्ता ऊ समुह चरणबाटै बाहिरिन बाध्य भयो ।

नेदरल्याण्ड्स र सेनेगलसँगै फ्रान्स, , ब्राजिल र पोर्तुगलले पनि नकाउट चरण प्रवेश गरेका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *