नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलिया बीच आज नकाउट चरणका खेल हुने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज साझबाट नकाउट चरणका खेल शुरु हुने भएको छ । आज साझ ८:४५ बजे समूह ‘ए’को विजेता नेदरल्याण्ड्स र समूह ‘बी’को उप-बिजेता संयुक्त राज्य अमेरिका बीच खेल हुने छ भने भरे राती १२:४५ बजे समूह ‘सी’को विजेता अर्जेन्टिना र समूह ‘डी’को उप-विछेता अष्ट्रेलिया बीच नकाउट चरणका खेल हुने छन् । आजका दुबै खेल जित्ने टोली अन्तिम आठमा पुग्ने छन् ।

नकाउट चरणमा पुगेका कुनै पनि टोलीले सतप्रतिशत खेल जितेनन्

शुक्रबार साझ र गए राती कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘जी’ र समूह ‘एच’मा रहेका ४ टोली बीच लिग चरणका अन्तिम खेल सम्पन्न भएसँगै नकाउट चरणको समीकरण पूरा भयो । यो विश्वकपमा नकाउट चरण प्रवेश गरेका १६ वटा देश मध्ये कुनै पनि टोलीले शतप्रतिशत खेल जितेर ९ अंक हासिल गर्न सकेनन् । समूहको दोश्रो चरणका खेल सम्पन्न हुदा नै समूह ‘डी’ मा रहेको फ्रान्स , समूह ‘जी’मा रहेको ब्राजिल र समूह ‘एच’मा रहेको पोर्तुगल नकाउट चरणमा प्रवेश गरेका थिए तर ती तीन देशले लिग चरणको अन्तिम खेलमा पराजय बेहोरेका थिए । यसका बाबजुद पनि ती तिनै टोली समूह विजेता बनेर नकाउट चरण प्रवेश गरेका थिए । समूह ‘ए’ को विजेता नेदरल्यण्ड्स , समूह ‘बी’को विजेता इङ्ल्याण्ड र समूह ‘एफ’को विजेता मोरक्कोले लिग चरणका २ /२ खेलमा जीत र १/१ खेलमा बराबरी गरेर ७ अंक प्राप्त गरी अपराजित रहेपनि शतप्रतिशण खेल भने तिनले पनि जित्न सकेनन् । त्यस्तै समूह ‘सी’को विजेता अर्जेन्टिना र समूह ‘ई’को विजेता जापान पनि लिग चरणका २/२ खेलमा विजयी भएपनि १/१ खेलमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *