निकै लामो समयपछि काठमाडौं उपत्यकामा आज वर्षात भएको छ । अहिले पनि केही ठाउँमा पानी परिरहेको छ भने चन्द्रागिरि लगायतका कतिपय स्थानमा असिना पनि परेको छ । ठूलो पानी नपरेपनि पानीले भिजेकाहरुले चिसो महशुस गरेका छन् । एकाएक पानी परेपछि अफिसबाट घर फर्किनेहरु मध्ये कतिपय भिज्दै हिडेको देखिएको छ ।
