कान्तिपुरका अध्यक्ष कैलाश सिर‍ोहियालाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत, धनुषाको आदेश

नागरिकता कीर्ते गरेको आरोपमा गत मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

कैलाश सिरोहियालाई पुन: तेस्रो पटक आज ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, धनुषाले आदेश दिएको छ । प्रहरीले धनुषा जिल्ला सरकारी वकीलको कार्यालय मार्फत उनलाई थप ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनमती मागे पनि जिल्ला अदालत, धनुषाका न्यायधीश यदुराज शर्माको इजलासले थप ३ दिनको आदेश दिएको हो । गत बुधबार र शुक्रबार गरि यस अघि २ पटक उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको थियो ।

गत शुक्रबार राती प्रहरी हिरासतमा रहेका अध्यक्ष सिरोहियाले आफू विरामी परेको बताएपछि उनलाई प्रहरीले जनकपुरधामस्थित मधेश प्रदेशिक प्रशासनिक अस्पतालमा उपचारका लागि पु-याएको थियो । आवश्यक चेकजाँचपछि त्यहाँबाट रिफर लिएर नजिकैको निजी सुविधा सम्पन्न काव्य अस्पतालमा उनलाई उपचारका लागि लगियो र त्यहीं उपचारमा रहेका अध्यक्ष सिरोहियालाई एम्बुलेन्समा राखेर प्रहरी आज जिल्ला अदालत, धनुषामा पेश गरेको थियो ।

सर्लाहीका इन्द्रजीत महतोले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले नागरिकता कीर्ते गरेको भन्दै धनुषा प्रहरीमा उजुरी दिएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो । प्रहरी तथा जिल्ला प्रशासन कार्यालय ,धनुषाले उनलाई बयानका लागि बोलाएपनि उनी उल्टै प्रहरी प्रशासनलाई के गर्न सक्छौ गर तर म बयान दिन आउदिन भनेपछि गत मंगलबार जिल्ला अदालत, धनुषाले पक्रन आदेश दिएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरि बुधबार जिल्ला अदालत, धनुषामा पेश गरको थियो ।

अध्यक्ष सिरोहियाको प्रहरी गिरफ्तारीलाई लिएर पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका सांसदहरुका साथै नेकपा (एस) तथा विभिन्न सञ्चार माध्यमका ३१ जना सम्पादक, केही कानुन व्यवसायीहरु सहित रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमला लगायतले राजनीतिक रङ्ग दिन प्रयत्न गरे भने बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अध्यक्ष सिर‍हियाको प्रहरी गिरफ्तारीको विरोधमा अभिव्यक्ति दिएका थिए , जसको यतिबेला व्यापक विरोध भइरहेको छ । यहीकारण बरिष्ठ हास्य कलाकारद्वय श्रेष्ठ र आचार्यले आफूूबाट गल्ती भएको स्वीकार गरेको देखिएको छ ।

Leave a Reply