कामिरिता शेर्पाको पाइला फेरि सगरमाथाको चुचुरोमा

सोलुखुम्बुको चामेका कामिरिता शेर्पाले आफ्नै कीर्तिमान भंग गर्दै आज पुन: सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ कीर्तिमान बनाएका छन् । आज विहान ७:२५ बजे उनले विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पुन: पाइला टेकेको सेभेन समिट प्रा.लि.ले जनाएको छ । सेभेन समिट प्रा.लि.मा आबद्ध शेर्पाको यो २९औं पटकको सगरमाथा आरोहण हो ।

उनले गत वर्षको वसन्त ऋतुमा २ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । सन् १९९२ देखि हिमाल आरोहण शुरु गरेका शेर्पाले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा आरोहण गरेको जानकारहरुको भनाइ छ । शेर्पाले दोश्रो अग्लो शिखर केटु सहित, मनास्लु, लोत्से, चोयु लगायतका हिमाल सफलतापूर्वक आर‍ोहण गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *