कालीघाट पुस्तकालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न


भक्तपुरको कासन, ब्यासीस्थित कालीघाट पुस्तकालयमा नेपाली र अगे्रजी भाषाको हस्तलेखन प्रतियोगिता २०८१ असार २२ गते शनिबार सम्पन्न भयो । उक्त प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सुरेश परियारले ‘पुस्तकालयमा गई कितावको अध्ययन गर्नाले ज्ञानको भण्डारणमा बृद्धि भई अध्ययनमा तेजिलो हुन्छ । हस्त लेखन प्रतियोगिताको आयोजनाले भाई बहिनीको हस्त लेखन थप प्रभावकारी हुन्छ’, भन्नुभयो ।
यसैगरी कालीघाट संरक्षण समितिका अध्यक्ष बालमुकुन्द बासुकलाले श्री बासु मा.वि.बाट शैैक्षिक अवकासपछि कालीघाट पुस्तकालयलाई नमुना पुस्तकालयको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
यस्तैगरी कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले नेमकिपाका अग्रजहरुको उद्देश्य भक्तपुरलाई शिक्षाको माध्यमबाट बुद्धिजीवीकरण गर्ने हो । त्यही उद्देश्यलाई टेवा दिन कालीघाट पुस्तकालय स्थापना भई विभिन्न गतिविधि अगाडि बढिरहेको छ । कालीघाट पुस्तकालयले हस्तलेखनका साथै चित्रकला प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता पनि आयोजना गर्न गइरहेको छ’, भन्नुभयो ।
हस्तलेखन कार्यक्रममा सहभागी निशा थापाले नेमकिपाका.अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’द्वारा लिखित सय बर्षपछिको पुस्तकको लेख नाचगानको राजधानी भक्तपुरबारे चर्चा गनृभयो । प्रतियोगितामा सहभागी मनिषा थापाले ५० बर्षपछिको नेपाल लेखबारे जानकारी दिनुभयो । कार्यक्रममा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल र सदस्य राधा थापाले पुस्तकालय सञ्चालन ,ब्यवस्थापन र हस्तलेखन तालिमको महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा साहित्यकार थोकरले पनि हस्तलेखन कार्यक्रमको महत्व र कालीघाट पुस्तकालयको विकासबारे आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *