यही बैशाख १ गते काठमाडौंको कीर्तिपुर नगरपालिका-४. चम्पादेवीस्थित पु्ष्पलाल पार्क नजिकै मोटरसाइकल दुर्घटनामा परी घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको आज दिउँसो काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुर नगरपालिका श्रोतले जनाएको छ । दिवंगत अधिकारीको पार्थिव शरीर पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको बताइएको छ ।
दिवंगत अधिकारी गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिका वडा नं.४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बनेर विजयी हुनुभएको थियो ।
उहाँको निधनमा नेकपा (एस)का नेता बटुकृष्ण थापा लगायतले शोक प्रकट गर्दै उहाँप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।





