कुलमान घिसिङको मुद्धाको सुनुवाई आज, हितेन्द्र पनि अदालतमा

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट अपदस्त भएका कुलमान घिसिङले आफूमाथि अन्याय भयो, आफूलाई नेपाल विद्युत प्राधिकरणको पूर्ववत जपम्मृवारीमा पुनर्वहाली गरि पाउँ भनी सर्बोच्च अदालतमा बिहीबार दर्ता भएको मुद्धाको आज प्रारम्भिक सुनुवाई हुने बताइएको छ ।

यस्तै नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पनि आफ्नो पुरानो मुद्बा टुङ्ग्याई आफूलाई क्षतिपूर्ति दिन माग गर्दै सर्वोोच्च अदालतमा रपट दायर गरेको जनाइएक‍ो छ ।

नेपाल विद्युत प्राधिकरणमा नयाँ द्वन्द शुरु

नेपाल विद्युत प्राधिकरण भित्र नयाँ द्वन्द शुरु भएको देखिएको छ । नेपाल विद्युत प्राधिकरणका १०औं तहदेखि माथिका कर्मचारीको सरुवा तथा काजमा खटाउने लगायतका अधिकार आफैलाई थाहा नदिई सञ्चालक समितको बैठक बसाएर विभागीय मन्त्रीलाई दिन मञ्जुर गरको भन्दै सो कार्यप्रति नेपाफ विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियनले विरोध जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *