केन्पो खुकुरी मार्शल आर्टसको ग्रेडिङ्ग कार्य भक्तपुरमा सम्पन्न


नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको आयोजनामा भक्तपुरको कौशलटारस्थित ब्याङ्क्वेट ह्वाइट प्यालेसमा यही श्रावण २३ गते मंगलबार मार्सल आर्टसका खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न भयो । कार्यक्रम सोही संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले खेलाडीहरुको स्तर उन्नतीको लागि केन्पो खुकुरी मार्शल आर्टसका खेलाडीहरुको ग्रेडिङ्ग आयोजना गरेको बताउनुभयो । भक्तपुरमा केन्पो खेलको लागि छिट्टै राष्ट्रियस्तरको कर्भड हल निर्माण हुदैछ भन्दै उहाँले असोजमा नेपाल केन्पो खुकुरी मार्शल आर्टसको राष्ट्रब्यापी प्रतियोगिता आयोजना गरेकोले त्यसमा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा इरानका अन्तराष्ट्रिय गुरु इशानले केन्पो खेलमा नेपालको भविष्य उज्वल रहेकोले नेपाल भ्रमण आएको बताउनुभयो । उहाँले यस खेललाई विकास, विस्तार एवं कला कौशल प्रदान गर्न सदैव सहयोग गर्ने जानकारी दिंदै सहभागी खेलाडीहरुलाई ग्रेडिङ्ग गराएर खेलका केही टेकनिक सिकाउनुभयो । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीलाई केन्पो खेलको माष्टर उपाधि प्रदान गरियो । ग्रेडिङ्ग कार्यक्रममा ५० जना खेलाडीहरुलाई ग्रेडिङ्ग गराउने कार्य सम्पन्न भयो । जसमा भक्तपुरबाट रामशरण त्वाती, आशराम सुवाल, राजकुमार लघु लगायत १० जना खेलाडीहरु ग्रेडिङ्ग कार्यमा सहभागी हुनभयो ।

तालिममा सहभागीहरुलाई अन्तराष्ट्रिय गुरु इशानले प्रमाण-पत्र वितरण गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *