कैलाश सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने प्र.जि.अ. र शाखा अधिकृतलाई पक्राउ पूर्जी

२०५७ असोज २८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नेपाली नागरिकताको प्रतिलिप दिने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशीराज दाहाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय,धनुषाले प्रक्राउ पूर्जी दिएको बताइएको छ । यो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियासँगै जोडिएका अन्य व्यक्तिहरु माथि पनि प्रहरीले अनुसनधान गरिरहेको बताइएक‍ो छ तर अध्यक्ष सिर‍ोहियालाई वंशजको नागरिका दिने जिल्ला प्रशासन कार्यालयका कोही पनि कर्मचारी पक्राउ परेका छैनन् ।

यता नेपाली नागरिकता कीर्ते गरेको आरोपमा ९ दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकीलको कार्यालय, धनुषाको सहमतीले जिल्ला प्रहरी कार्यालय, धनुषाले हाजिरी जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले उनलाई हाजिरी जमानीमा रिहा गर्ने पत्र पठाएसँगै मेडिसिटी अस्पतालमा उपचाररत अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरीले सम्भव सिरोहियालाई जिम्मा लगाएको थिय‍ो । आफू हाजिरी जमानीमा रिहा भए लगत्तै अध्यक्ष सिरोहियाले प्रेस विज्ञप्ति जारी गरि आफू माथि प्रतिशोध साधेर पक्राउ गरेको भन्दै आक्र‍ोस व्यक्त गरेका छन् । आफूलाई गरेको पक्राउको विरोध गरेर सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले आफू विरुद्ध बोल्नेहरुलाई नछाडने सो विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।

वंशजको नेेपाली नागरिकता लिएका सिरोहियाका बुवा , दाजुु र दिदीले भने अंगीकृत नेपाली नागरिकता लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *