संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइन समीकरण बुधबार विहान ग्रुप ‘डी’को विजेता र उप-विजेताको टुङ्गो लागेसँगै पूरा भएको छ । अब आउदो शुक्रबारबाट कोपा अमेरिका फुटबलको क्वाटरफाइनल चरणका खेल शुरु हुने बताइएको छ । शुक्रबार विहान ६:४५ बजे अर्जेन्टिना र इक्वेडर, आउदो शनिबार विहान ६:४५ बजे भेनेजुयला र क्यानडा, आउदो आइतबार विहान ३:४५ बजे कोलम्बिया र पानामा तथा आउदो आइतबार विहान ६:४५ बजे उरुग्वे र ब्राजिल बीच क्वाटरफाइनल चरणका खेल हुने जनाइएको छ ।
कोपा अमेरिकाको लिग चरणको समूह ‘डी’ अन्तर्गत बुधबार विहान ब्राजिल र कोलम्बिया तथा पारग्वे र कोष्टारिका वीचका खेल सम्पन्न भए । आजको खेलमा ब्राजिल र कोलम्बियाले १/१ गोलको बराबरी खेले भने कोष्टारिकाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित ग-यो ।
कोपा अमेरिका फुटबलको समूह ‘ए’बाट अर्जेेन्टिना, समूह बी’ भेनेजुयला र समूह ‘सी’ बाट उरुग्वे लिग चरणका ३ वटै खेल जितेर तथा समूह ‘डी’ बाट २ खेलमा जितेर र १ खेल बराबर खेली कोलम्बिया विजेता बनेर क्वाटरफाइनल प्रवेश गरे भने समूह ‘ए’ बाट १ जीत, १ बराबर र १ हारका साथ ४ अंक बटुलेको क्यानडा , समूह ‘बी’ बाट १ जीत,१ बराबर र १ हारका साथ ४ अंक बटुलेको इक्वेडर १ जीत, १ बराबर र १ हारका साथ ४ अंक बटुलेको मेक्सिकोलाई गोल अन्तरले पछि पारेर, समूह ‘सी’ बाट २ जीत र १ हारका साथ ६ अंक बटुलेको पानामा र समूह ‘डी’ बाट १ जीत र २ बराबर खेली ५ अंक बटुलेको ब्राजिल उप-विजेता बनेर क्वाटरफाइनल प्रवेश गरे । समूह ए बाट १ हार र २ बराबरी खेलेर २ अंक बटुलेको चिली तथा २ हार र १ बराबर खेलेर १ अंक बटुलेको पेरु , ग्रुप ‘बी’ बाट १ जीत , १ बराबर र १ हारका साथ ४ अंक बटुलेपनि गोल अन्तरले पछि परेको मेक्सिको तथा ३ वटै खेल हारेर अंक विहीन बनेको जमैका, समूह ‘सी’ बाट १ जीत र २ हारका साथ ३ अंक बटुलेको संयुक्त राज्य अमेरिका तथा ३ वटै खेल हारेर अंक विहीन बनेको बोलिभिया तथा समूह ‘डी’बाट १ जीत, १ बराबर र १ हारका साथ ४ अंक बटुलेको कोष्टारिका र ३ वटै खेल हारेर अंक विहीन बनेको पाराग्वे लिग चरणबाटै बाहिरिए ।
कोपा अमेरिकाको समूह चरणका खेल सकिदा लिग चरणको ३ वटै खेलमा गोल गरेका अर्जेन्टिनाका लाउटारो मार्टिनेज ४ गोलका साथ गोल्डेन बलको दाबेदारको सूचीमा अगाडि छन् ।