कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा,अर्जेन्टिना र क्यानडा तथा कोलम्बिया र उरुग्वे भिड्ने

संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करण कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा भएको छ । आज विहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिल बीचको क्वाटर-फाइनल खेल सकिएर कोलम्बिया र उरुग्वे सेमी-फाइनलमा पुगेसँगै यो समीकरण पूरा भएको हो । हिजो विहान भएको क्वाटर-फाइनल खेलमा ट्राईब्रेकरमा भेनेजुयलालाई हराएर क्यानडा कोपा अमेरिका फुटबलको सेमी-फाइनल पुगेको थियो ।

आउदो बुधबार विहान अर्जेन्टिना र क्यानडा तथा आउने बिहीबार बिहीबार उरुग्वे र कोलम्बिया बीच कोपा अमेरिका फुटबलको सेमी-फाइनल खेल हुने जनाइएको छ ।

नेपाली समय अनुसर आज विहान ३:४५ बजेबाट भएको तेश्रो क्वाटर-फाइनल खेलमा पानाामालाई ५-० ग‍ोल अन्तरले पराजित गरी कोपा अमेरिका फुटबलको सेमी-फाइनल पक्का ग-य‍ो । खेलको ८औँ मिनेटमा जुवान कोर्डोबा ,१५औं मिनेटमा पेनाल्टीबाट जेम्स रोड्रिगेज , ४१औँ मिनेटमा लुइस डियाज, ७०औँ मिनेटमा रिचार्ड रिओस र इञ्जुरी समयको चौथो मिनेटमा मिगुएल बवर्जाले गोल गरेर पानामालाई पराजित गरेर कोलम्बियाको जीत सुनिश्चित गरे ।

यस्तै आज विहान ६:४५ बजे भएको कोपा अमेरिका फुटबलको अन्तिम क्वाटर-फाइनल खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरि सेमी-फाइनल प्रवेश ग-यो । निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वेका फेडरिक भलभर्डे , रोड्रिगो बेण्टाकुर , जर्जियन डे अराकाष्टा र मानुयल उगार्टेले पेनाल्टी सुटआउटमा गोल गरे भने जोस मारिया जिमिनेसले गरेको प्रहार ब्राजिलका गोलरक्षक एलिसनले गोल हुनबाट बचाए । यता ब्राजिलका आन्द्रेज परेइरा र ग्राबियल मार्टिनेलीले पेनाल्टी सुटआउटमा गोल गरे भने इडर मिलिटाओको प्रहार उरुग्वेका गोलरक्षक सर्जियो रोचेटले गोल हुनबाट बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेर फर्किएपछि गोल हुन सकेन ।

त्यस्तै हिजो विहान ६:४५ बजे भएको दोश्रो क्वाटर-फाइनल खेलमा क्यानडाले भेनेजुयलालाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गरि क्यानडा सेमी-फाइनल प्रवेश गरेको थियो । खेलको १४औँ मिनेटमा ज्याकोब साफेलवर्गले गोल गरि क्यानडालाई अग्रता दिलाएपनि खेलको ६५औँ मिनेटमा साल‍ोमन रोण्डोनले गोल गरि भेनेजुयलालाई बराबरीमा पु-याएका थिए । निर्धारित ९० मिनेट मा दुबै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

शुक्रबार भएको पहिलो क्वाटर-फाइनल खेल ट्राईब्रेकरमा अर्जेन्टिनाले इक्वेडरलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । यो खेलमा अर्जेन्टिनाका कप्तान लिय‍ोनल मेस्सीको पेनाल्टी सुटआउट प्रहार विफल भएको थिय‍ो । खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लुसेन्द्रो मार्टिनेजले गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएपनि खेलको द‍ोश्रो हापको इञ्जुरी समयको पहिलो मिनेटमा इक्वेडरका केविन र‍ोड्रिगेजले गोल गरेर इक्वेडरलाई बराबरीमा पु-याएका थिए । दुबै टोलीले ९० मिनेटको निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

लिग चरण अन्तर्गत समूह ‘ए’ बाट विजेता र उप-विजेता बनेर क्वाटर-फाइनल प्रवेश गरेका अर्जेन्टिना र क्यानडा मंगलबार कोपा अमेरिका फुटबलको सेमी-फाइनल खेल खेल्दैछन् । लिग चरणको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ग‍ोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *