संयुक्त राज्य अमेरिकामा सम्पन्न ४८औँ संस्करणको कोपा अमेरिका फुटबल-२०२४ को उपाधि पुन: अर्जेन्टिनाले जितेको छ । आज विहान मायामीमा सम्पन्न अर्जेन्टिना र कोलम्बिया वीचको फाइनल खेलमा अर्जेन्टिना १-० गोल अन्तरले विजयी भयो । खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले गरेका थिए । निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । खेलको दोश्रो हापमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी घाइते भएर बाहिरिएका थिए ।
यो सहित१६औँ पटक कोपा अमेरिका फुटबलको उपाधि उचालेर कोपा अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिनाले नयाँ कीर्तिमान बनाएको छ । अर्जेन्टिनाका गोलरक्षक इमिनियालो मार्टिनेजले उत्कृष्ट गोलरक्षकको उपाधि र प्रतियगितामा सर्बाधिक ५ गोल गरेका अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल्डेन बुट पाए भने कोलम्बियाका कप्तान हमिश रोड्रिगेजले गोल्डेन बल पाए । यसैगरी कोलम्बियालाई फेयर टोलीको पुरस्कार प्रदान गरियो ।
यो प्रतियोगितामा उरुग्वे तेश्रो र क्यानाडा चौथो भए । यी २ टोली बीच हिजो पेनाल्टी सुटआउटबाट तेश्रो र चौथोको टोलीको टुङ्गो लागेको थियो ।
लियोनल स्कोलोनीले अर्जेन्टिना फुटबलको प्रशिक्षकको जिम्मेवारी सम्हालेयता सन् २०२१ २०२४ को कोपा अमेरिका फुटबलको उपाधि तथा सन् २०२२ मा कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि दिलाए । सन् १९९३ पछि सन् २०२१ को वीचमा अर्जेन्टिनाले कुनै पनि ठूलो उपाधि जित्न सकेको थिएन् ।
कोलम्बिया निराश
२३ वर्षपछि पहिलो पटक कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको कोलम्बिया अर्जेन्टिनालाई पराजित गरि दोश्रो पटक कोपा अमेरिका फुटबलको उपाधि चुम्ने लक्षका साथ मैदान प्रवेश गरेको थियो । राम्रो खेलेको पनि थियो तर गोलका लागि पटक पटक अवसर सृजना गरेरपनि गोल गर्न नसकेपछि अन्तत: कोलम्बिया १-० गोल अन्तरले अर्जेन्टिनाबाट पराजय बेहोरेर घर फर्किन विवश भयो । उसले सन् २००१ मा कोपा अमेरिका फुटबलको उपाधि चुमेको थियो


