क्यानडालाई २-० गोल अन्तरले स्तब्ध पार्दै डिफेण्डिङ्ग च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका फुटकलको फाइनल प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको पहिलो सेमी-फाइनल अन्तर्गत आज विहान भएको अर्जेन्टिना र क्यानडा बीचको खेलमा अर्जेन्टिनाका जुलियन अल्भारेजले २२औँ र कप्तान लियोनल मेस्सीले ५१औँ मिनेटमा गोल गरि अर्जेन्टिनाको जीत सुनिश्चित गरे । जारी प्रतियोगिताका अर्जेन्टिनाले खेलेका ५ खेलमा क्प्तान मेस्सीको यो पहिलो गोल हो । यसैगरी यो खेलमा १ गोल गरेका जुलियन अल्भारेजले यो प्रतियोगिता अन्तर्गत लिग चरणको अर्जेन्टना र क्यानडा बीचको पहिलो खेलमा उनै अल्भारेजले नै पहिलो १ गोल गरेका थिए । यो प्रतियोगितामा अर्जेन्टिनाका कप्तान मेस्सी र अल्भारेजका अतिरिक्त लौटारो मार्टिनेजले लिग चरणका तीनवटै खेलमा गरी ४ तथा लिसेन्द्रो मार्टिनेजले क्वाटर-फाइनलमा १ गोल गरेका थिए ।
यो प्रतियोगिताका ५ वटै खेल जितेको अर्जेन्टिनाले भोलि विहान उरुग्वे र कोलम्बिया बीच हुने खेलको विजेतासँग यही जुलाई १५ तारेकमा खेल्ने जनाइएको छ ।