ख्वप साकोसमा उद्घोषण तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण , सम्हेबजी प्रदर्शनी सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितको आयोजनामा एक हप्ते उद्घोषण तालिम यही श्रावण २० गते शनिबार सम्पन्न भयो । सो तालिम समापनको अवसरमा यही शनिबार भक्तपुरको व्यासीमा सम्पन्न प्रमाण-पत्र वितरण कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिप्रसाद कासुकलाले त्यस तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा वडा अध्यक्ष बासुकलाले यो उद्घोषण तालिमले ब्यक्तित्व विकासमा टेवा दिने आशा प्रकट गर्दै ‘तालिममा सहभागीले स्थानीय टीम, क्लव, पुस्तकालय, विद्यार्थी समिति तथा युवा समितिमा बसेर काम गरे अझ यो तालिमबाट सिकेको सीप तिखार्न पाउँछ’, भन्नुभयो । उहाँले डेगुं रोगबाट जनताको सुरक्षाको लागि सचेतना -याली आयोजना गरेको बताउदै भक्तपुर नगरपालिका २ नं. वडाको शहरी स्वास्थ्य केन्द्रमा थप ल्याव सेवा विस्तार गरेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेदकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
त्यस कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले नेमकिपाले शिक्षाले समाज परिवर्तन हुने सोचेर सोही अनुरुपका कार्य गरिहेको जानकारी दिनुभयो । उहाँले ‘समाजबादी व्यवस्थामा मात्र शिक्षा र स्वास्थ्य नि:शुल्क हुन्छ,’ भन्नुभयो ।
त्यसै अवसरमा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले “यस ख्वप बचत तथा ऋण सहकारी संस्था लि. ले निरन्तर सीपमूलक र आयमूलक तालिमहरु आयोजना गरिरहेको छ’, भन्नुभय‍ो । उहाँले यस संस्थाले शेयर सदस्यहरु र युवा विद्यार्थीहरुको व्यक्तित्व विकास र भाषण कला विकास गर्न यो तालिम आयोजना गरेको बताउनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमिति संयोजक रामलक्ष्मी लघुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उक्त उद्घोषण तालिमका प्रशिक्षक रविन्द्रप्रसाद कुसी, तालिम आय‍ोजक संस्थाको महिला उपसमिति सदस्य रीता मैया सुवाल र बबि मैया कवांले तालिमको महत्वमाथि प्रकाश पार्नुभयो । त्यस कार्यक्रममा उक्त तालिमका प्रशिक्षार्थीहरु रोजी लघु, अमिता ब्याञ्जु, क्रिजला लघु ,विनिता सुवाल, नेहा ब्याञ्जु र मैया लघुले तालिमबाट आफूले सिकेको ज्ञान र सीपको बारे चर्चा गर्नुभयो ।

यही श्रावण १३ गतेबाट शुरु भएको उक्त एक हप्ते उद्घोषण तालिममा २१ जना प्रशिक्षार्थीको सहभागिता रहेको आय‍ोजकको भनाइ छ ।

सम्हेबजी प्रदर्शनी, चटामारी प्रदर्शनी र पानी वितरण सम्पन्न

स्थानीय कला , संस्कुति र सम्पदा संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने गरि विभिन्न रचनात्मक क्रियाकलाप समेत सञ्चालन गर्दै आएको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा गत शनिबार सम्हेबजी प्रदर्शनी, चटामरी प्रदर्शनी र पानी वितरण गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *