भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा यही बैशाख १३ गते विद्यमान सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या र समाधान विषयम छलफल र अन्तर्क्रिया सम्पन्न भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का महासचिव दामोदर अधिकारी, सोही संघका सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जीवसराज खड्का, नेफ्स्कून थिमी सेवाकेन्द्रका संयोजक तथा पारिजात बचत तथा ऋण सहकारी संस्था लि., कटुञ्जे, भक्तपुरका अध्यक्ष टंकराज काफ्ले, नेफ्स्कून थिमी फिल्ड इञ्चार्ज पेशलकुमार खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेफस्कूनका महासचिव अधिकारीले सहकारी क्षेत्रमा देखिएको विविध समस्याहरुको समाधानको लागि नेफस्कूनले सधै नेतृत्वदायी भूमिका निर्वाह सहित सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । यसैगरी नेफ्स्कुनका सञ्चालक जीवसराज खड्काले आर्थिक ,सामाजिक र सास्कृतिक क्षेत्रमा सहकारीको अभियान अघि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विकास खड्काले सो संस्थाको इतिहासदेखि बर्तमानसम्मको विविध क्रियाकलापहरूको बारेमा जानकारी दिदै नेफ्सकून परिवारलाई धन्यवद ज्ञापन गर्नुभयो । त्यस अवसरमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को निरीक्षण समेत गरेका नेफ्स्कूनका महासचिव अधिकारीले गाम्चा साकोसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको सेवा र यसको प्रगति राम्रो देखियो भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

त्यसै अवसरमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खड्काले नेफ्स्कूनका महासचिव अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो ।
सार्वजनिक विदाको दिनमा समेत आफ्ना हेयर सदस्यहरुलाई सवा प्रवाह गरिरहेको यो संस्थाले वित्तीय कारोवारसँगै आफ्ना शेयर सदस्य रहेका महिला सदस्यहरुको समूहहरु मार्फत लघुवित्त कार्यक्रम राम्रसँग सञ्चालन भइरहेको जनाइएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थाका शेयर सदस्यहरुले फुल खेती गर्ने लगायतका उत्पादनमूलक कार्य गरिरहेको बताइएको छ ।





