छहारी साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न , आ.व. २०७८/०७९ मा संस्थाको खुद मुनाफा रु.७६,१६,३००

भक्तपुरको सूर्यविनायक नगरपालिका- ४ , गाम्चा चोकमा आफ्नै भवनबाट

सञ्चालन भइरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ बार्षिक साधारण सभा शनिबार गाम्चास्थित अरनिको उ.मा.वि.को प्राङ्गडमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यता र नेफ्स्कूनका पूर्व अध्यक्ष तथा सहकारी अभियान्ता कैलाशभक्त प्रधानाङ्गको विशेष आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले पानसमा दीप प्रज्वलन गरी सो साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले छहारी साकोसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा र स्थापना भएको छोटो समयमा यसले गरेको प्रगति प्रशंसनीय रहेको छ भन्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले सहकारीको विकासका लागि गरिरहेको कार्य बारे प्रकाश पार्दै सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउने गरी कार्य गर्नु पर्नमा जोड दिनुभयो । साधारण सभामा विशेष आतिथि कैलाशभक्त प्रधानाङ्गले सहकारीको महत्वको बारेमा प्रकाश पार्दै सहकारी संस्था समुदायमा आधारित रहेर सञ्चालन हुनु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले समुदायमा आधारित रहेर सञ्चालन भइरहेको छहारी साकोसको प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । साधारण सभामा त्यसै संस्थाका अध्यक्ष खड्काले

उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस छहारी बचत तथा ऋण सहकारी संस्था लि. राम्रोसँग अगाडि बढिरहेको बताउनुभयो । त्यस संस्थाको गतिविधि तथा चालु आर्थिक वर्ष २०७९/०८०को योजना र कार्यक्रम बारे चर्चा गर्दै समाजमा छरिएर रहेको स-सानो रकमलाई संकलन गरेर पूँजी निर्माण गरी त्यस मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता र मेहनतले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । साधारण सभामा उक्त संस्थाका सचिव निरञ्जन राजथलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष प्रविन शंखदेवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा त्यसै संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट पारित भएका थिए । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा शेयर सदस्य संख्या ४,९२५, शेयर पूँजी रु.२,९३,२०,३०० , निक्षेप संकलन रु.३०,५७,३२,५९२ , कर्जा लगानी रु.३५,१२,४५,८६७ र खुद मुनाफा रु.७६,१६,३०० रहेको उल्लेख छ ।

साधारण सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७९ सालको एस.ई.ई. मा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण हुने छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरी सम्मानित गरिएको थियो ।

सो संस्थाले शेयर सदस्यहरुको स्वास्थ उपचारमा रु.५,००० सम्म राहत स्वरुप सहयोग गर्ने गरेको , महिला शेयर सदस्य सुत्केरी भएमा उनलाई भेटघाट गरी बधाई ज्ञापन गरी रु.५,०००बधाई स्वरुप प्रदान गर्ने गरेको , कुनै शेयर सदस्यको निधन भएमा निजको परिवारलाई समवेदना स्वरुप रु.५,००० प्रदान गरेको र त्यस संस्थाले स्थापना गरेको स्वास्थ्य उपचार कोषबाट विना व्याज शेयर सदस्यको उपचार रु.२५,००० सम्म लगानी गर्ने गरेको जस्ता कार्यको उक्त साधारण सभामा जानकारी दिइएको थियो ।

त्यस संस्थाले बचत तथा ऋण कारोवारका साथै समय-समयमा शिक्षा / तालिम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक सामाजिक क्रियाकलाप रु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *