जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पद त्याग गरेकी छन् । जनमत पार्टीबाट समानुपातिक निर्वाचित प्रदेश सभा सदस्य गुरुङले राजीनामा दिएको वास्तविक कारण भन थाहा हुन सकेको छैन । जनमत पार्टीका लुम्बिनी प्रदेश सभा दलले भने उनलाई राजीनामा दिन आफूहरुले नभनेको र उनले स्वेचछाले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
