दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूह आक्रामक बन्दा काठमाडौंको तिनकुने क्षेत्र केहीबेर रणमैदान बन्यो । राजावादी समूहले सुरक्षाकर्मीको घेरा तोडेर निशेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र आन्दोलनकारी बीच झडप भयो । सुरक्षाकर्मीले सो भिडलाई नियन्त्रण गरि तितरबितर बनाउन लाठी चार्ज, पानी फोहोरा र अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै उनीहरुले तिनकुनेमा तीनवटा घरमा तोडफोड र एक घरमा आगजनी गरे । उनीहरुले आलोकनगरस्थित नेकपा (एस)को केन्द्रीय कार्यालय, अन्नपूर्ण पोष्ट नेटवर्क र कान्तिपुर टेलिभिजन कार्यालय , कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट, पेरिसडाँडामा एउटा सरकारी गाडी र मोटरसाइकल तोडफोड गरे भने तिनकुनेमा आन्दोलनकारीले एक निजी घरमा लगाएको आगो निभाउन पुगेको दमकलमाथि ढुगामुडा प्रहार गरे । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरे । केहीबेर अधि सो आगो निभाई सकिएको छ ।
तिनकुनेमा सुरक्षाकर्मी र आन्दोलनकारी बीच झडप हुदा महिला शसस्त्र प्रहरी सहित १० जना घाइते भएको जनाइएको छ । एक आन्दोलनकारीले प्रहरीको बन्दुक खोसेका थिए ।
सुटुक्क हिडे दुर्गा प्रसाईं
सुरक्षाकर्मी र आन्दोलनकारी बीचको झडपलउग्र कन्दै गएपछि निजी गाडी मगाएर त्यहाँबाट दुर्गा प्रसाईं सुटुक्क सुरक्षित स्थानतर्फ लागेका थिए । प्रसाईं त्यहाँबाट हिडेपछि केही प्रर्दर्शनकारीले उनीप्रति आक्रोस पोखेका थिए ।





