तेश्र‍ो राष्ट्रिय सहकारी महासम्मेलन जारी

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौैमा बिहीबारबाट शुरु भएको तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको महासम्मेलनमा सहकारी संघ/संस्थाका १ हजार प्रतिनिधिको सहभागिता रहेक‍ो बताइएको छ । भोलिसम्म सञ्चालन हुने महासम्मेलनमा ११ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यकम रहेको बताइएको छ । महासम्मेलनमा राष्ट्रिय सहकारी महासंघ लि., नेपालका अध्यक्ष मिनराज कँडेलले नेपालको सहकारी अभियानमा सुधार हुँदै गएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *