काठमाडौं/ नेपाली काग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा रहेको सत्तारुढ ५ दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गयेर भाग लिने तयारीका लागि निरन्तर बैठक बसिरहेका छन् । सो गठबन्धनको हिजोको बैठक सहमतीको नजिक पुगेर आज बस्ने गरी स्थगित भएको बताइएको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि एकनाथ ढकाल नेतृत्वको परिवार दल र कमल थापा नेतृत्वको राप्रपा,नेपालसँग मिलेर सो चुनावमा जाने निश्कर्षमा पुगेको जनाइएको छ । उक्त चुनावमा नेकपा (एमाले) र लोसपा बीच पनि चुनावी तालमेल हुने योजना रहेको बताइएको छ ।
मुख्य दलहरुले गठबन्धन र तालमेल गरी आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग लिने तयारी गरी रहँदा राजनीतिक दलहरुले एक्लाएक्लै पालिकाको सबै पदमा उम्मेद्वारी दिदा प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष मध्ये एउटामा र अध्यक्ष सहित ५ सदस्यीय वडाका लागि महिलाको उम्मेद्वारी अनिवार्य भएपनि दलहरुले गठबन्धन गरेर चुनाव लडृदा भने ती पदमा महिलाको प्रतिनिधित्व अनिवार्य नभएकोले २०७४ को तुलनामा यस पटक स्थानीय तहको निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व कम हुन सक्ने कतिपय जानकारहरुको आँकलन छ । जसले थप समस्या उत्पन्न गर्न सक्ने भन्दै यसप्रति सर्वत्र चिन्ता र चासो बढाएको देखिएको छ । यो स्थानीय तहको निर्वाचनबाट २०७४ को भन्दा कम महिलाहरुको प्रतिनिधित्व हुने अवस्था आउन नदिन र महिलाहरुको प्रतिनिधित्व बिगतको तुलनामा अरु बढ्न सक्ने वातावरण बनाउन दलहरुले विशेष ध्यान दिनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
………………………………………………………………………
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।