आफ्नो नाम जोडेर झुठो समाचार प्रकाशन गरेको भन्दै गृह मन्त्री रमेश लेखकले सो पत्रिकामाथि अनुसन्धान गरी कारबाही प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन् तिवारीले मंगलबार जारी गरेको विज्ञप्तिमा मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा- “अन्तरजातीय विवाह गर्ने दलित युवामाथि गृह मन्त्रीकै निर्देशनमा अत्याचार” शीर्षकमा प्रकाशित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

यता उक्त समाचारको सत्यतथ्य बारेमा नयाँ पत्रिका राष्ट्रिय दैनिकको प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

प्रहरी विधेयकमाथि भूतपूर्व प्रहरी महानिरीक्षक मञ्चद्वारा छलफल
नेपाल सरकारले अगाडि बढाएको प्रहरी विधेयकमाथि भूतपूर्व प्रहरी महानिरीक्षक मञ्चले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सहित उच्च प्रहरी अधिकारीहरुसँग नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार छलफल गरेको बताइएको छ । प्रहरी विधेयकमा उल्लेख भएको नेपाल प्रहरीको अधिकार क्षेत्रभित्र रहेको अपराध अनुन्धानको जिम्मा सशस्त्र प्रहरी बललाई दिने तथा नेपाल प्रहरीको नियन्त्रण र परिचालनको जिम्मा गृह मन्त्रालयमा रहने बुँदाप्रति चासो व्यक्त गरेको भूतपूर्व प्रहरी महानिरीक्षक मञ्चको यी बुँदाले नेपाल प्रहरीको चेन अफ कमाण्ड कमजोर हुनुका साथै यसले जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी थप बलियो र प्रहरी कमजोर हुने बुझाई रहेको देखिएको छ ।





