नेकपा (माके)ले ग्रामथान गाउँपालिकाको अध्यक्ष र नलगाड नगरपालिकाको उपमेयर जित्यो

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर नेकपा (माके)ले जितेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा सो पार्टीका नमोनारायण माझी ६,९६९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५,३३३, नेकपा (एमाले) तुलसीराम विश्वासले ४,१५९ र राप्रपाका दिनेशकुमार थन्दारले ५५५ रास्वपाका नवीनकुमार विश्वास खवासले ३७५ मत पाएको जनाइएको छ ।

यसैगरी जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा (माके)कि देवका लामिछाने ४,२७२ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३,१४७ , नेकपा (एमाले)की सुनिता बोहराले २,५४२, रास्वपाकी पार्वती पुनले १७९, राप्रपाकी सुनिता पुन रावलले ५८ र नेसपाकी पवित्रा जैसीले १७ मत पाएको बताइएको छ ।

यता यस अघि नेपाली कांग्रेसले जितेको उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१२ को वडाध्यक्षमा नेकपा (माके)का नविनकुमार बान्तवा राई ९२३ मत प्राप्त गरि विजयी हुँदा नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले ६०८, नेपाली कांग्रेसका संजिव काफ्ले ३५९ , नेकपा (एस)की निर्मला चौधरीले ३१२ र रास्वपाका ध्रुवप्रसाद पोखरेलले २०२ मत पाएको जनाइएको छ ।

यसैगरी यस अघि नेकपा (एमाले)ले जितेको गोरखाको गोरखा नगरपालिका वडा नं.५ को वडाध्यक्षमा नेकपा (माके)का विष्णुबहादुर मगर ४८६ मत पाएर विजयी हुदा नेपाली कांग्रेसका भाइकाजी आलेले ४०२ , नेकपा (एमाले)की दुर्गामाया थापा रानाले ३४५ र रास्वापाका मंगलबहादुर थापाले ८२ मत पाएको बताइएको छ ।

त्यस्तै यस अघि नेपाली कांग्रेसले जितेको ककनी गाउँपालिका वडा नं.२ को वडाध्यक्ष पदमा नेकपा (माके)का कृष्ण घिमिरे (मिलन) १,०८५ मत पाएर विजयी हुदा नेपाली कांग्रेसका सूर्य तामाङले ५८७, यमबहादुर लामाले ३६६, रास्वपाका मंगलसिद्धि तामाङले ८३, रराप्रपाका खेमबहादुर थापाले २८ मत पाए ।

उता यस अघि नेकपा (एमाले)ले जितेको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं.५ को वडाध्यक्षमा नेकपा (माके) का नरबहादुर झाक्री १६१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर रोक्काले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जनाइएक‍ो छ ।

यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नं.१ को वडाध्यक्षमा सुनिल कापर केवट ६८४ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२, जनता समाजवादी पार्टी , नेपालका अजयकुमार यादवले ४९९, नेकपा (एमाले) प्रम‍‍ोद यादवले ३६५ र राप्रपाका रामदेव सिंह दनुवारले २७ मत पाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *