ऋषि कट्टेललाई अध्यक्ष र आर.बी. भण्डारीलाई उपाध्यक्षमा पुन: निर्विरोध चयन गर्दै यही बैशाख ९ गते शनिबारदेखि विराटनगरमा शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको जानकारी प्राप्त भएको छ । राष्ट्रिय सम्मेलनले सो पार्टीको केन्द्रीय समिति र केन्द्रीय सचिवालय समेत चयन गरेेको जनाइएको छ । “क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध होऔं ! संसदवाद र विसर्जनवादलाई परास्त गरी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न संयुक्त जनसंघर्षको विकास गरौं !” भन्ने नाराका साथ सम्पन्न उक्त सम्मेलनको सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले गर्नु भएको थियो । सम्मेलनबाट उक्त पार्टीको राजनीतिक प्रतिवेदन , सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र संशोधित विधानका साथै समसामयिक प्रस्ताव पारित भएको सम्मेलनमा सहभागी एक प्रतिनिधिले बताएका छन् ।





