सांसद प्रेमबहादुर महर्जनले सहकारी क्षेत्रमा समस्यामा परेको बेलामा समुदायमा आधारित रहेर सघ्चालन भइरहेको पद्मावती साकोस प्रगतिपथमा अगाडि बढेको देेख्ता खुशी लागेको बताउनुभएको छ ।
२०८० भाद्र २३ गते शनिबार ललितपुरको न:बहालमा सम्पन्न ललितपुर महानगरपालिका-२० ,न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.को ३०औँ वार्षिक साधारण सभा मा शुभकामना मन्तव्य व्यक्त गर्दै सांसद महर्जनले सामाजिक तथा आर्थिक क्षेत्रमा सहकारीले पु-याएको योगदान बारे चर्चा गर्नुभयो। उहाँले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक सामाजिक कार्य गर्दै आएको पद्मावती साकोसको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । सोही संस्थाका अध्यक्ष नेमवीर शाक्यको अध्यक्षता तथा भूतपूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं तत्कालीन ललितपुर उप-महानगरपालिकाका भूतपूर्व मेयर बुद्धिराज बज्राचार्यको प्रमुख आतिथ्यता र प्रा.डा. जगदिश बैद्यको विशेष आतिथ्यतामा सम्पन्न सो साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष तथा अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष एवं रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि., हकबहाल, ललितपुरका अध्यक्ष करुणारत्न बज्राचार्यले


सहकारी क्षेत्रका साथै सामाजिक क्षेत्रमा पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.ले महत्वपूर्ण योगदान पु-याइरहेको छ भन्दै यो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।


साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष नेमवीर शाक्यले ‘समुदायमा पूूर्ण रुपले केन्द्रित रहेर सञ्चालित यस संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको विकासमा टेवा पुग्न तवरले विविध सेवा प्रदान गर्दै आइरहेको छ र यसले सदस्यहरुको सम्पूर्ण वित्तीय सेवा प्राप्तिको संस्थाको रुपमा परिणत गर्न समयसापेक्ष प्रविधिमुलक थप वित्तीय सेवाहरु प्रदान गर्ने योजना तय गरिएको छ’, भन्नुभयो । यस संस्थाद्वारा सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्ने कार्य अन्तर्गत समयसापेक्ष नीति, विधि र प्रविधि अपनाई संस्थागत विकास गर्न महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सकेको छ भन्दै उहाँले कर्मचारीहरुको मेहनत र परिश्रम तथा शेयर सदस्यहरुको साथ र सहयोगले गर्दा हाम्रो यो संस्थाले निरन्तर प्रगति गर्न सकेको बताउनुभयो । साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष अनुप शाक्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका का.वा. संयोजक सुगीन्द्र शाक्यले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो । साधारण सभाले पारित गरेको ती प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा सो संस्थामा शेयर सदस्य संख्या २,४८५ , शेयर पूँजी रु.४,२७,४५,७००, कूल सम्पत्ति रु.४८,९९,७७,५६८/११, बचत संकलन रु.३३,२८,१६,८९५/१८, सदस्यहरुलाई ऋण लगानी रु.३६,७४,३१,४७२, संस्थागत पूँजी कोष रु.३,७६,३०,४२१/६१ रहेको र सोही आर्थिक वर्षमा संस्थामा भएको वित्तीय कारोबारबाट आर्जन भएको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश र कर्मचारीहरुलाई बोनस प्रदान गर्ने उल्लेख छ ।


त्यसै संंस्थाका सचिवका सचिव उत्तमराज (बाबुराजा) शाक्यले सञ्चालन गरेको साधारण सभाको संयोजनकारी भूमिका संस्थाका व्यवस्थापक बालकृष्ण महर्जनले निर्वाह गर्नुभयो ।