भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही पुस २३ गते शनिबार टंकराज काफ्लेको अध्यक्षतामा सञ्चालक समिति र लक्ष्मी बस्याल घिमिरेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत ढंगबाट चयन गरी सम्पन्न भएको छ । ४ बर्षे कार्यकाल रहने उक्त संस्थाको सो सञ्चालक समितिको उपाध्यक्षमा सुरज थापा,सचिवमा किरण थापा, कोषाध्यक्षमा श्यामकृष्ण मास्के र सदस्यमा प्रेमकुमारी गौतम , भरतप्रसाद संग्रौला , नरविक्रम रायमाझी, निरञ्जना धौभडेल र विद्या भट्टराई तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा लक्ष्मीप्रसाद कोजु र लक्ष्मण लुइटेल हुनुहुन्छ । त्यस संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य सर्वसम्मत चयन हुनुभएको अधिवक्ता दीपेन्द्र थापा संयोजक तथा बासुदेव पोखरेल र बेदप्रसाद सापकोटा सदस्य रहेको निर्वाचन समितिले साधारण सभामा घोषणा गरेको थियो ।
सोही संस्थाका अध्यक्ष ध्रुवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले पारिजात साकोसले स्थापना भएको छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवन स्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । बागमती प्रदेश सभा सदस्य किरण थापा , नेफ्स्कूनका पूर्व अध्यक्ष तथा सहकारी विद कैलाशभक्त प्रधानाङ्ग , सहकारी विद यज्ञराज ढुंगेल , सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ , बागमती प्रदेश सहकारी संघ लि.का सञ्चालक दुर्गा सञ्जेल , जिल्ला सहकारी संघ लि.,भक्तपुरकी कोषाध्यक्ष सावित्री धौभडेल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक सन्तोषी खतिवडा कार्की , राष्ट्रिय सहकारी बैंक लि. सूर्यविनायक शाखाका प्रमुख दिनेश गेलाल सहित बिभिन्न सहकारी सहकारी संस्थाका प्रतिनिधिहरुले उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष ध्रुव रायमाझीले सो संस्थाको गतिविधि तथा भावी कार्यक्रम प्रकाश पार्दै समय- समयमा नियमनकारी निकायहरुले जारी गरेका नीति , निर्देशनको पालना तथा सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी अगाडि बढेको हाम्रो यो संस्था शेयर सदस्यहरुको अटुट विश्वास र सहयोगका कारण निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो ।
साधारण सभाले त्यस संस्थाको वार्षिक प्रतिवेदन ,आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा भावी कार्योजना र विनियम संशोधन प्रस्ताव पारित ग-यो ।
साधारण सभामा भक्तपुर क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र सोही क्षेत्रको (क) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य किरण थापालाई कार्यकालको सफलताको कामना सहित बधाई ज्ञापन गरी सम्मा गरियो । त्यसगरी बरिष्ठ सहकारी विदद्वय कैलाशभक्त प्रधानाङ्ग र यज्ञराज ढुंगेललाई जनही रु.२५ हजार नगद पुरस्कार सहित सम्मान गरियो । साधारण सभा त्यसै संस्थाका शेयर सदस्यहरुका छोराछोरीमध्ये २०७८ सालको एस.ई.ई.मा उत्कृष्ट जीपीएका साथ उत्तीर्ण भएका शेयर सदस्यहरुका छोराछोरीलाई रु.५ हजारका दरले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरियो ।