पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराएर अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश

पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले इक्वेडरलाई पराजित गरि अर्जेन्टिना संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार आज विहान ६:४५ बजेबाट टेक्सासस्थित एनआरजी रंगशालामा अर्जेन्टिना र इक्वेडर बीच भएको कोपा अमेरिका फुटबलको पहिलो क्वाटर फाइनल खेल ९० मिनेटको निर्धारित समयमा १-१ गोलको बराबरी सकिएपछि सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गरेको पहिलो प्रहार पोष्टको प‍ोलमा लागेेर फर्किएर गोल हुन नसक्ता अर्जेन्टिना समर्थकमा निराशा छाएको थियो भने इक्वेडरका गोलकिपरले मेस्सीलाई किस गरेका थिए तर इक्वेडरका एञ्जल मेना र एलन मिण्डाको शुरुवाती पेनाल्टी सुटआउट अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल हुनबाट बचाएपछि अर्जेन्टिना समर्थकमा खुशी छायो तर त्यसले इक्वेडर समर्थक निराश बने । अर्जेन्टिनाका जुलियन अल्भारेज , एलेक्सिस म्याक एलिष्टर, गोञ्जालो एरियल मोण्टियल र निकोलस ओटामेण्डीले पेनाल्टी सुटआउटमा गोल गरि अर्जेन्टिनाको जीत सुनिश्चित गरे । यता शुरुवाती २ पेनाल्टी सुटआउटमा असफलता बेहोरेको इक्वेडरका जोन एबोह जामोरा र जोर्डी मेडिना काइसेडोले भने पेनाल्टी सुटआउटमा गोल गरेपनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।

लिसेन्द्रो मार्टिनेजले खेलको ३५औं मिनेटमा गरेको ग‍ोलबाट अर्जेन्टिनाले अग्रता बनाएपनि खेलको दोश्रो इञ्जुरी समयको पहिलो मिनेटमा इक्वेडरका केविन रोड्रिगेजले गोल गरेपछि खेल बराबरी भएको थियो । द‍ोश्रो इञ्जुरी समयको पहिलो मिनेटमा इक्वेडरका केविन रोड्रिगेजले गोल गर्नु अघि १ गोलले पछि परेको इक्वेडरले खेलमा दवाव बनाएर अर्जेन्टिनाको प‍ोष्टमा पटकपटक प्रहार गरेपनि ती प्रहार अर्जेन्टिनाका गोल किपर मार्टिनेजले बचाएका थिए ।

क्यानाडालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोल अन्तरले पराजित गरि लिग चरण अन्तर्गत समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल पुगेको अर्जेन्टिनाले क्वाटरफाइनलमा १ गोल खाएको छ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको २०२४ मा खेलेका ४ खेलमा ६ गोल गरेको छ । लिग चरणका ३ खेलमा गोल गरेका लाउटारो मार्टिनेजले अहिलेसम्म ४ गोल गरेर गोल्डेन बुटको दाबेदारी प्रस्तुत गरेका छन् । यी ४ खेलमध्ये लिग चरण अन्तर्गत अर्जेन्टिना र क्यानाडा बीचको खेलमा १ गोल अर्जेन्टिनाका जुलियन अल्भारेजले र क्वाटरफाइनलमा लिसान्द्रो मार्टिनेजले १ गोल गरे ।

उता क्वाटरफाइनलबाट बाहिरिएको इक्वेडर १ जीत,१ बराबरी र १ हारका साथ ४ अंकका साथ समूह ‘बी’ को उप-विजेता बनेर कोपा अमेरिका फुटबल-२४ को क्वाटरफाइनलमा पुुगेको थियो ।

कोपा अमेरिका फुटब-२०२४ अन्तर्गत भोलि विहान ६:४५ बजे समूह ‘बी’ को विजेता भेनेजुयला र समूह ‘ए’ को उप-विजेता क्यानाडाबीच दोश्रो क्वाटरफाइनल खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *