आधारहिन गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज थप १० वटा युटुब च्यानल/पेेजलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ४ वटाको प्रेस काउन्सिल नेपालमा सूचिकरण भएको र बाँकीको सूचिकरण नभएको प्रेस काउन्सिि नेपालको भनाई छ । यस अघि पनि जथाभावी समाचार सम्प्रेषण गरेका युटुुब च्यानल/सामाजिक सञ्जाललाई प्रेस काउन्सिलनेपालले कारबाही गरेको जनाएको छ ।






