फेसबुक बन्द हुने !

नेपाल सरकारले दर्ता गर्न आउन दिएको समय सकिन लाग्दापनि सामाजिक सञ्जाल फेसबुक (facebook), म्यासेञ्जर, ह्वाट्स् एप र इन्ष्ट्राग्राम सञ्चालक मेटा कम्पनी नेपालको कानून अनुरुप दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । सरकारले उसलाई दर्ताका लागि गत चैत्र ७ गतेदेेखि बैशाख ७ गतेसम्मको समय दिएको थियो तर यो समय सकिन १ दिन मात्रै बाँकी छ । भोलिसम्म पनि मेटा कम्पनि दर्ता नभए फेसबुक, म्यासेञ्जर , इन्ष्ट्रागाम र ह्वाट्स एप नेपालमा सञ्चालन हुने कि नहुने भन्ने अन्यौल छ । यसबारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि नेपालको कानून अनुरुप सामाजिक सञ्जाल नेपालमा दर्ता भएर सञ्चालन हुनुपर्छ भनिरहेको छ तर निर्धारित समयमा दरता नभए मेटा सघ्चालन गर्ने फेसबुक लगायतका सामाजिक सञ्जाल नेपालमा चल्न दिने कि नदिने भन्ने बारेमा थप केही बताएको छैन । फेसबुक, इन्ष्ट्राग्राम, म्यासेञ्जर र ह्वाट्स एपमा अधिकांश नेपाली जोडिऐका छन् ।

सामाजिक सञ्जाल टििककटोक, भाइबर र वीटक मात्र नेपालमा यस बेलासम्म सूचिकृत भएर ििञ्चाचा भइरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *