फ्रान्सलाई हराएर अर्जेन्टिनाले जित्यो फिफा विश्वकप फुटबलको उपाधी

डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल जितेको छ । कतारको लुसेल रंगशालामा केहीबेर अगाडि सम्पन्न निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलको ट्राइब्रेकरमा फ्रान्सका केलियन एम्बाप्पेले प्रहार गरेको पहिलो पेनाल्टी र राण्डालान कोलोमुनीले प्रहार गरेको चौथो पेनाल्टी गोलमा परिणत भएपनि फ्रान्सका किङ्स्ले कोमानले प्रहार गरेको दोश्रो पेनाल्टी अर्जेन्टिनाका गोल रक्षक इमानुयल मार्टिनेजले बचाउ गरेका थिए भने फ्रान्सका अउरेलियनले प्रहार गरेको तेश्रो पेनाल्टी प्रहार गोलपोष्ट भन्दा बाहिर गएको थियो ‌। यता ट्राइब्रेकरमा अर्जेन्टिनाका लियोनल मेस्सी , पाउलो डिबाला , लियोनार्दो परडेस र गोञ्जालो मण्टेलले हानेको पेनाल्टी प्रहार गोलमा परिणत भयो । अर्जेन्टिनले ३६ वरषपछि यो उफाधी जितेको हो ।

खेलको २३औं मिनेटमा डि बक्स भित्र फ्रान्सका
खेलाडीले अर्जेन्टिनाका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गरी कप्तान लियोनल मेस्सीले पहिलो गोल गरी अर्जेन्टिनाको अग्रता बनाए । त्यसैगरी खेलको ३६औ मिनेटमा एञ्जेल डी मारियाले गो‍ल गरी खेल २-० गोल अन्तरले अग्रता दिलाए तर खेलको ८०औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले फ्रान्सका खेलाडीलाई डी एरियामा लडाएपछि पाएको पेनाल्टी सदुपयोग गरी फ्रान्सका केलियनन एम्बाप्पेले ८० र खेलको ८,१औं मिनेटमा पेनाल्टी मार्फत खेलको ८२औं मिनेटमा अर्को गोल गरी खेल बराबरीमा पु-याए । सो खेलको निर्धारित समयसम्म दुबै टोलीको बराबर दुई खेल भएपछि खेल थप ३० मिनेट धकेलियो । खेलको १०९,औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सीले व्यक्तिगत दोश्रो गोल गरेर खेल ३-२ गोल गरे तर खेलको ११८औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले हातले बल छोएपछि पेनाल्टी पाऐपछि सो पेनाल्टीलाई सदुपयोग गरी केलियन एम्बाप्पेले व्यक्तिगत तेश्रो गोल गरी खेल ३-३ गोलको बराबरीमा पु-याए । जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने एम्बाप्पे पहिलो खेलाडी हुन् । उनले यो विश्वकपमा जम्मा ८ गोल र २ असिष्ट गरे भने यो खेलमा २ गोल गरेका मेस्सीले जारी विश्वकफमा ७ गोल र ३ असिष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *