फ्रान्सलाई २-१ गोल अन्तरले हरएर स्पेन जर्मनीमा जारी १७औँ संस्करणको युरोकपको फाइनल प्रवेश गरेको छ । गएराती जर्मनीको म्युनिकस्थित एलियाञ्ज एरिना रंगशालामा भएको खेलको ८औं मिनेटमा फ्रान्सका राण्डल कोलो मुआनीले गोल गरि फ्रान्सलाई अग्रता दिलाएपनि खेलको २१औँ मिनेटमा स्पेनका ल्यामिन यामलले गोल गरि खेल बराबरीमा पु-याएर । खेलको २५औँ मिनेटमा स्पेनका ड्यानी ओल्मोले गोल गरि स्पेनलाई अग्रता दिलाए । त्यसपछि दुबै टोलीले गोल गर्न नसकेपछि स्पेन २-१ गोल अन्तरले विजयी भयो । स्पेन युरोकपका सबै खेलमा अपराजित रहेर फाइनल प्रवेश ग-यो । यो खेलमा पनि फ्रान्सका कप्तान केलियन एम्बापे , ओस्मान डेम्बेले , एण्टोनी ग्रिजम्यान लगायतका चर्चित खेलाडीहरुको स्पेनका फुटबल खेलाडीहरुका अगाडि केही जोड चलेन। स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्तुगललाई क्वाटर-फाइनलमा पराजित गरि सेमी-फाइनल प्रवेश गरेका थिए ।
भरे राती विहान इङ्ल्याण्ड र नेदरल्याण्ड बीच हुने युरोकपको सेमी-फाइनल खेलको बिजेतासँग स्पेनले यही आउदो जुलाई १५ तारेकमा हुने युरोकपको फाइनल खेल्ने बताइएको छ ।