गत मध्यरातबाट पेट्रोलको प्रति लीटर १ रुपैयाका दरले मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मुल्यसूचीमा पेट्रोलको मुल्य बढेर आएकोले पेट्रोलको मूल्य वृद्धि गर्नु परेको नेपाल आयल निगम लि.ले जनाएको छ । नेपाल आयल निगम लि.ले तय गरेको पुरानै नियम अनुरुप पेट्रोलको मूल्य निर्धारण हुने बताइएको छ ।





