सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा परिवर्तन गरि उनीहरुको जीवनस्तरमा अभिबृद्धि गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बलम्बु च्याउ सहकारी संंस्था लि.ले च्याउ खेेतीको आधुनिक विकास र च्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य र परिकल्पनाका साथ कार्य गरिरहेको सोही संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनले बताउनुभएको छ । उहाँले समुदायमा आधारित रहेर अगाडि बढिरहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले ‘काठमाडौंको बलम्बुमा केन्द्रीय कार्यालय र मकवानपुरको बज्रबाराहीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरि सदस्यहरुको मर्म र भावना अनुरुप कार्य गरिरहेको छ’, भन्नुभयो । बलम्बु च्याउ सहकारी संंस्था लि.जस्ता धेरै सहकारी संंस्थाहरु सुशासन कायम गरि राम्रोसँग सञ्चालन भइरहेका भएपनि यिनीहरुको बारेमा कुनै चर्चासम्म भएको छैन तर केही सहकारी संंस्थामा तरलता समस्या आएको विषयलाई लिएर सिङ्गो सहकारी क्षेत्रलाई नै अशर गर्ने गरि गलत प्रचार भइरहेको छ, जसले राम्रोसँग चलेका सहकारी संस्थालाई पनि अशर गरिरहेको उहाँको भनाइ छ । राज्यले पुरस्कार र दण्डको नीतिलाई ठीक ढंगबाट कार्यान्वयन गरि सहकारीको नाममा गलत कार्य गर्नेलाई दण्डित गर्ने र राम्रो कार्य गरेका सहकारी संघ/संस्थालाई पुुुरस्सकृत गर्नु पर्ने तथा सहकारी अभियानको नेतृत्व गरेका छाता संगठनले पनि सहकारीका विरुद्ध भइरहेका गलत प्रचारलाई चिर्ने गरि कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।
उहाँको अध्यक्षता तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा २०८० पुस २७ गते क्वाथ बलम्बुमा बलम्बु च्याउ सहकारी संंस्था लि.को १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो । पानसमा दीप प्रज्वलन गरि उक्त सााधारण सभाको उद्घाटन गरेका प्रमुख अतिथि महर्जनले त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै बागमती प्रदेशको सहकारी कार्यालय काठमाडौं उपत्यकामा स्थापना गर्ने व्यवस्था मिलाएको बताउनुभएको थियो । च्याउको आधुनिक विकास र यसमा आत्मनिर्भर बनाउने उद्देश्यले बलम्बु च्याउ सहकारी संंस्था लि.ले गरिरहेको कार्यप्रति प्रशन्नता व्यक्त गर्दै उहाँले बागमती प्रदेश सरकारले सहकारीमा देखिएका समस्या समाधान गरी सहकारीको विकास र प्रवर्द्धन हुने गरि कार्य गरिरहेको विचार व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा च्याउ वििज्ञ डा.बुद्धिराम खड्गे, राष्ट्रिय सहकारी बैंक लि.का बलम्बु शाखा प्रमुख सविना पोखरेल र चन्द्रागिरि बचथ तथा ऋण सहकारी संंस्था लि.का सञ्चालक इन्द्रबहादुर महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाले च्याउको आधुनिक विकासका लागि गरिरहेको कार्य र यसले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो ।
साधारण सभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष महर्जनले शेयर सदस्य ज्यूहरुको अटुट साथ र सहयोग तथा कर्मचारीहरुको इमान्दारिता र मेहनतले गर्दा हाम्रो यो संस्था आफ्नो उद्देश्य अनुरुप सफलतापूर्वक अगाडि बढ्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा संंस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका सचिव सुजिन्द्र महर्जनले ‘हामीले जहिले पनि सदस्यहरुको आवश्ययकता र चाहननालाई केन्द्रमा राखेर यस संस्थाको वार्षिक कार्यक्रम तय गर्दै आएका छौं , जसले सहकारीलाई सदस्यमैत्री बनाउदै आफ्नो लक्ष्य तर्फ लम्कन सहज महशुस गरेका छौं’,भन्नुभएको थियो ।
साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष प्रदीप महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संंयोजक पुष्कर महर्जनले संंस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सदस्यहरु बीच छलफल गरि ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो । पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा सो संस्थामा पुरुष १,९०५ जना , महिला १,८४४ जना र अन्य २२ जना गरि शेयर सदस्य संख्या २,७७१ जना, शेयर पूँजी रु.४,२५,७७,६००, निक्षेप संकलन रु.५३,४८,४१,८९४.४१, ऋण लगानी रु.५७,७७,०४,८००.६०, जगेडा कोषमा रु.१,५८,११,५७९.६६, अन्य कोषमा रु.४०,९५,८६७.६१ र खुद मुनाफा रु.९३,९१,०५३.८६ रहेको उल्लेख छ ।
साधारण सभाका अध्यक्ष महर्जनले प्रमुख अतिथि महर्जनलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
यसैगरी सााधारण सभामा सो संस्थाको असल बचत सदस्य सम्मानबाट सदस्यहरु मणिक महर्जन, रुपेन्द्र महर्जन र जयनारायण शर्मा , असल ऋणी सदस्य सम्मानबाट सदस्यहरु सावित्री नेपाल र यसला श्रेष्ठ , असल शेयर सदस्य सम्मानबाट सदस्य दिनेशचन्द्र गुप्ता , उद्यमी सम्मानबाट किगत २५ वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरि च्याउ खेती गर्दै आएका सदस्य सुजिन्द्र महर्जन र उत्कृष्ट कर्मचारी सम्मन-२०८० बाट कर्मचारी सरस्वती महर्जन र व्यवस्थापन विषयमा स्नातकोत्तर(MBS) उत्तीर्ण गरेका कर्मचारी किरण महर्जनलाई पुरस्कार सहित सम्मानित गरियो ।
यस्तै बचतर्फबाट संरक्षित पूँजी फिर्ता कोषको रकम पाउने उत्कृष्ठ सदस्यहरु सुशिला महर्जन, श्यमकृष्ण महर्जन, सरिता श्रेथ्ठ , काघ्छी महर्जन र मथ्यसिंह महर्जन तथा ऋण तर्फ संरक्षित पूँजी फिर्ता कोषको रकम पाउने उत्कृष्ट सदस्यहरु सावित्री नेपाल , श्रीकृष्ण महर्जन , नारायण धिताल, प्रेमबहादुर महर्जन र मनोजकुमार श्रेष्ठलाई पुरस्कार प्रदान सहित सम्मान गरियो । यसैगरी साधारण सभामा नाय खि बाजा खल:, कहाँ बाजा खल:, बलम्बु धा बाजा खल:, भास्तिपुर धिमे खल:, भास्तिपुर ज्ञानमाला भजन खल:, ग्वे स्वाँ बासुरी खल:, सिन्ह स्वाँ दाफा खल:, नास: बाजा खल: र गुर्जुधारा भजन मण्डललाई स्थानीय बाजागाजा सम्मानबाट सम्मानित गरिएको थियो ।