मंगलदीप साकोसको ९औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको प्रयागपोखरी, लगनखेलमा केन्द्रीय कार्यालय तथा ललितपुरकै टौखेल र मकवानपुरको पालुङमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको मंगलदीप बचत तथा ऋण सहकारी संंस्था लि.को ९औँ वार्षिक साधारण सभा २०८० भाद्र ३० गते शनिबार साझा पार्टी प्यालेस, ललितपुरमा सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,ललितपुरका सञ्चालक समेत रहेका सो संस्थाका अध्यक्ष नवराज विष्टको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभाको नेपाल केन्द्रीय पर्यटन सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले उद्घाटन गर्नुभयो ।

उक्त अवसरमन अध्यक्ष घिमिरेले सहकारीले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको य‍ोगदानबारे चर्चा गर्दै सहकारीको बारेमा भएका अनर्गल हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाको अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले ‘स्थापना भएको छ‍ोट‍ो समयमा मंगलदीप साकोसले गरेको प्रगति देख्ता खुशी लागेको बताउदै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । जिल्ला सहकारी संंघ लि., ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ल.का व्यवस्थापक सन्तोष बजगाईँ , राष्ट्रिय सहकारी बैंक लि., लगनखेल शाखाकी प्रमुख रमा घिमिरे लगायतले सो संस्थाको थप प्रगतिको कामना गरेको यो साधारण सभामा त्यसै संंस्थाका अध्यक्ष विष्टले उक्त संंस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै

हाम्र‍ो यो संस्था आफ्नो कार्यक्षेत्र भित्र आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका लागि निरन्तर कार्यरत रहेको बताउनुभयो । उहाँले शेयर सदस्य ज्यूहरुको साथ र सहय‍ोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमका कारण सामाजिक मर्म अनुरुप सञ्चालन भइ स्थापना भएको छ‍‍ोटो अवधिमा नै हाम्रो यो संस्था सहकारी क्षेत्रमा कुशल संस्थाको रुपमा परिचित हुन सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

साधारण सभामा उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सागरजङ्ग थापाले र कोषाध्यक्षको प्रतिवेदन सुरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

शेयर सदस्यहरु बीच छलफल भइ साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो ।

साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि. लगनखेल शाखाकी प्रमुख रमा घिमिरेलाई प्रशंसा-पत्र प्रदान गरियो ।

यसैगरी साधारण सभामा

त्यस संंस्थाका विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारी लगायतलाई सम्मान गरियो ।

आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा पुरुष २,२८० , महिला १,२५० र संस्थागत सदस्य ५ गरी जम्मा ३,५३५ जना शेयर सदस्य रहेको यो संस्थाले मंगलदीप एप, एसएमएस , क्युआर कोड र गोदाबारी नगरपालिकामा महिला वीच लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएक‍ो छ ।

Leave a Reply