मदन पुरस्कार गुठीले मदन पुरस्कार प्रयोजनकालागि सो गुठीमा प्राप्त भएका ३०४ वटा पुस्तकहरुमध्येबाट मदन पुुुरस्कार-२०८० का लागि ५ वटा कृति छनौट गरेको जनाएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षर भई जारी गरिएको प्रेस विज्ञप्तिमा डम्फुको आत्मालाप-भक्त स्याङतान , नुन-तेल-जीवन क्षेत्री , भावलिपि- भावेश भुमरी र प्रणिता चामलिङ , मुकाम रणमैदान-मोहन मैनाली र सन्त्रासका साठी दिन -रोशन थापा ‘नीरव’ मदन पुरस्कार-२०८० का लागि छनौट भएका र ती ५ मध्ये १ कृतिले मदन पुरस्कार प्राप्त गर्ने उल्लेख छ ।
मदन पुरस्कार गुठीले हरेक वर्ष १ कृतिलाई मदन पुरस्कार र नेपाली कला तथा साहित्यमा विशिष्ट योगदान पु-याएका सर्जकहरुमध्येबाट १ जनालाई जगदम्बा श्री पुरस्कार प्रदान गरि सम्मान गर्दै आएको छ ।