गत बैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिनु पर्ने माग सहित ४ बुँदे माग राखेर काठमाडौंको मृगस्थलीमा २२औँ पटक आमरण अनशन शुरु गरेका बरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द के.सी.ले काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा आज आमरण अनशन तोड्नु भयो । ६ दिन आमरण अनशन बसेका प्रा.डा. के.सी.ले आफ्ना माग पूरा नहुदै पत्रकार सम्मेलन गरि आमरण अनशन तडेेको घोषणा गर्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई मृगस्थलीबाट त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज लगेर उपचार शुरु गरिएको गियो । द्वन्दकालमा घाइते भएकाले अपरेशन गरेका सावित्री श्रेष्ठ, भानुप्रताव शाह र उज्वलकुमार श्रेष्ठको हातबाट जुस पिएर उहाँले आमरण अनशन तोड्नुभयो ।
चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारको माग राखेर आमरण अनशन बस्ता मानिसहरुको अपार साथ पाएका प्रा.डा.के.सी.ले चिकित्सा क्षेत्र बाहेक राजनीतिक लगायतका विषयमा केन्द्रित भएर आमरण अनशन बस्न थालेपछि उहाँ आलोचित बन्नुभएको छ । यही कारण यो पटकको उहाँको आमरण अनशनको खासै चर्चा भएन ।