नेपाल सरकारले मानसिक स्वाास्थ्य राष्ट्रिय अभियान सञ्चालनको तयारीमा लागेको जनाएको छ । त्यसको समन्वय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले र संयोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, प्रतिष्ठान, कार्यालय र अस्पताललाई सदाबहार फुलिरहने फुल रोप्न निर्देशन दिएको छ ।

नेपाल सरकार, मन्त्रीपरिषदको निर्णय सनर्वजनिक गर्दा भाषिक शुुद्धतामा दिइएन ध्यान
यही श्रावण २३ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दा भाषिक शुद्धतामा ध्यान दिइएको देखिएन । राज्यको उपल्लो निकायले नै भाषिक शुुद्धतामा खेलाची गरेको भन्दै कतिपय सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।






