काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा काठमाडौंको थानकोट, कालीमाटी , न्युरोड, चावहिल र जोरपाटी तथा भक्तपुरको गट्ठाघर र ललितपुरको चापागाउँ दोबाटोमा सञ्चालनमा रहेका सदस्य सेवाकेन्द्रबाट ११२ जना कर्मचारीहरुबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष महाशंकर रेग्मीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष कृष्णबहादुर उप्रेतीको अध्यक्षतामा शुक्रबार सम्पन्न भयो । काठमाडौंको गोंगबुस्थित बीजी मलमा सम्पन्न सो साधारण सभाको प्रमुख अतिथि उप्रेतीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उक्त अवसरमा उहाँले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयमा गरेको प्रगति प्रशंसनीय रहेको भन्दै यस संस्थाको प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो रहेको बताउनुभयो । उहाँले बैंक तथा अन्य वित्तीय संस्थाले अस्वभाविक रुपमा बढाएको व्याजदरको प्रभाव सहकारी क्षेत्रमा परेको र त्यसबाट सहकारीमा तरलता व्यवस्थापनमा केही कठिनाई उत्पन्न भएको प्रसङ्ग उल्लेख गर्दै हल्लाको पछि नलागी सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई राम्रोसँग सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सबै सूचाङ्क उत्कृष्ट रहेका सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.को साथ र सहयोग रहने बताउनुभयो । सहकारी एकीकरणलाई जोड दिदै उहाँले सहकारी संस्थाहरु बीच एकीकरण भएमा वित्तीय अवस्था र संस्थागत पूँजी बृद्धी भई तरलता अभाव र आर्थिक मन्दी जस्तो प्रतिकूल अवस्थाको सहजै सामना गर्न सकिने उहाँको भनाई छ । त्यस अवसरमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष मनोज थापा मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाले गरेको गरेको प्रगतिको प्रशंसा गर्दै थप प्रगतिको कामना गर्नुभयो । उहाँले देशमा भइरहेको आयातलाई कम गर्न राज्यका नियामक निकायले बहुउद्देश्यीय सहकारी संघ/संस्थालाई आफ्नो उद्देश्य अनुरुप उत्पादनमूलक क्षेत्रमा लाग्न अनुकूल वातावरण निर्माण गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।
साधारण सभामा सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष रेग्मीले ‘स्वस्थ , व्यवसायिक र उत्कृष्ट मेगा ड्रिम’ लाई सार्थक बनाउने उद्देश्यले सहकारीको सिद्धान्त, मुल्य र मान्यता तथा राज्यका नियामक निकायहरुको नीति र निर्देशनलाई पालना गरी शेयर सदस्य ज्यूहरुको मर्म र भावना अनुरुप हाम्रो यो संस्था अगाडि बढिरहेको बताउनुभयो । आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा स्तर माथि उठाउनको लागि संस्थागत सुशासन कायम गरी यसलाई दीगो , दरिलो र सवल बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर हाम्रो यो संस्था अगाडि बढेको बताउदै उहाँले यसको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको क्रियाशीलता , शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेर यसले सहकारी क्षेत्रमा अलग्गै परिचय निर्माण गर्न सकेको विचार व्यक्त गर्दै सबैलाई धन्यबाद दिनुभयो । यस संस्थाले आफ्ना सदस्यहरुलाई मोबाइल बैंकिङ, क्युआर कोड जस्ता प्रविधि मार्फत आफ्नो खातामा रहेको रकम ट्रान्सफर गर्न सक्ने जस्ता सेवा र सुविधा प्रवाह गर्दै आएको र यस परिवर्तित समय अनुसार थप गुणस्तरीय बनाउदै लाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी सो साधारण सभामा त्यसै संस्थाका सचिव तथा प्रबन्ध सञ्चालक इन्द्रप्रसाद गेलालले उक्त संस्थाको चालु आर्थिक वर्ष २०७९/०७० नीति , कार्योजना र अनुमानित बजेट प्रस्तुत गर्दै कोभिड-१९ महामारी र रुस-युक्रेन युद्ध जस्ता विषयले वित्तीय क्षेत्रमा पनि अशर पारेको र त्यसको प्रभाव सहकारी क्षेत्रमा पर्दा बचत फिर्ताको चाप परेकोले तरलता व्यवस्थापनमा केही कठिनाई उत्पन्न भएको विचार व्यक्त गर्नुभयो । उहाँले राज्यको राष्ट्रिय अर्थतन्त्रका तीन खम्बामध्येको १ खम्बा सहकारीको विषयमा फैलाइएका भ्रमलाई चिरेर यसलाई थप बलियो बनाउन लाग्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसै सभामा उक्त स़स्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक हुमाकान्त न्यौपानेले त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सो संस्था राम्रोसँग अगाडि बढिरहेको र यसका सबै सूचकाङ्क राम्रो रहेको बताउनुभयो ।
ती प्रतिवेदनहरु माथि शेयर सदस्यहरुले आवश्यक छलफल गरी तिनलाई साधारण सभाबाट पारित गरेका थिए । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा सो संस्थाले घरदैलो कार्यक्रम , शेयर सदस्य भेटघाट , स्वास्थ्य शिवीर सञ्चालनका साथै महिला उद्यमशीलता ,स्वरोजगारमूलक कौशी खेती तथा कर्मचारीको क्षमता विकास , पल्स विश्लेषण तथा ऋण विश्लेषण तालिम सञ्चालन गर्ने , संस्थामा शेयर सदस्य , शेयर रकम र निक्षेप बृद्धि गर्ने तथा ऋण लगानी र ऋण असुली गर्ने नीति बनाई लागू गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा त्यस संस्थामा शेयर सदस्य संख्या १० हजार ६ सय ४१ , शेयर पूँजी रु.१६ करोड ४५ लाख , निक्षेप संकलन रु १ अर्व ७५ करोड , कर्जा लगानी रु.२ अर्व ३ करोड १२ लाख , स्थीर सम्पति रु.२ कयोड ३८ लाख, जगेडा तथा अन्य कोष रु.५ करोड ५२ लाख , कर्जा जोखिम कोष रु.९ करोड २८ लाख र कूल कारोवार रु.२ अर्व २५ करोड ९२ लाख रहेको पनि ती प्रतिवेदनमा उल्लेख छ ।
आफ्ना शेयर सदस्यहरुबाट विभिन्न २४ प्रकारका बचत संकलनको योजना तथा व्यक्तिगत, सामुहिक , व्यवसायिक , कृषि , हायरपर्चेज र लघु कर्जा सहुलियत व्याजदरमा लगानी गर्ने थप नीति तय गरेको उक्त संस्थाको त्यस साधारण सभाले लेखा परीक्षकको नियुक्ति र लेखा परीक्षकको पारिश्रमिक निर्धारण , सहकारी संस्था वीच एकीकरण तथा सो संस्थाको नाममा रहेको सम्पति व्यवस्थापन सम्बन्धी नीति पारित गरेको छ ।