यल अन्तर सहकारी समन्वय समितिको ७औँ स्थापना दिवसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका भित्रका १४ वटा सहकारी संंस्थाहरु आबद्ध रहेको यल अन्तर सहकारी समन्वय समितिको ७औँ स्थापना दिवस वित्तीय क्षेत्र सहकारीमा देखिएका चुनौति र समाधानका उपाय विषयक अभिमुखीकरण कार्यक्रम-२०८० सोमबार ललितपुरमा सम्पन्न भयो । यल अन्तर सहकारी समन्वय समिति तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि.,त:ननीटोल, ललितपुरका अध्षक्ष अष्टलाल महर्जनले अध्यक्षता गर्नुभएको सो कार्यक्रमको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँले पानसमा दीप प्रज्वलन गरी उक्त अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष बजगाईँले मन्दीको यो समयमा सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुले मिलेर आफ्नो सहकनरी संंस्थालाई बचाएर राम्रो बनाउनु पर्ने खाँचो औँँल्याउनुभयो ।

मन्दीको यो समयमा पनि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्यलाई १३ प्रतिशत लाभांश दिन सकेको भन्दै उहाँले सरकारले सबै सहकारीलाई एउटै डालोमा राखेर जारी गरेका केही नीति र निर्देशन राम्रोसँग चलेका सहकारी संघ/संस्थाको हित प्रतिकुल भएकोले तिनलाई सच्याउन पहल गर्ने बताउनुभयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै यल अन्तर सहकारी समन्वय समितिका संस्थापक अध्यक्ष तथा केन्द्रीय उपभोक्ता सहकारी संंघ लि.का लेखा सुपरीवेक्षण समिति संंय‍ोजक एवं माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सरकारले जारी गरेका बचत फिर्ता गर्न समय सीमा तोक्ने जस्ता नीति र निर्देशनले समुदायमा आधारित रहेर राम्रोसँग चलेका सहकारी संंस्थाहरुमा सम्स्या उत्पन्न हुने बताउनुभयो । कार्यक्रमको अध्यक्ष महर्जनले यल अन्तर सहकारी समन्वय समितिमा आवद्ध सहकारी संंस्थाहरुमा व्याजमा एकरुपता कायम गर्न प्रयाश भइरहेको बताउनुभयो । यल अन्तर सहकारी समन्वय समितिका उपाध्यक्ष तथा उत्सर्ग बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विनोद महर्जनले सञ्चालन गरेेको कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का पूर्व सचिव तथा कल्याणकारी बचत तथा ऋण सहकारी संंस्था लि., लुभुका प्रमुख कार्यकारी अधिकृत एवं सहकारी प्रशिक्षक कुमार खत्रीले सहजीकरण गर्दै आफूले देखेका सहकारी क्षेत्रका समस्या र समस्या निराकरणका उपायबारेमा प्रकाश पर्नु भएको थियो ।

सहकारी संघ/संंस्थालाई सुरक्षित र राम्रोसँग सञ्चालन गर्न सहकारी/संघ संंस्थाको कुल कारोबारको १० प्रतिशत भन्दा बढी रकम जगेडा कोषमा राख्न सुझाव दिदै देशको आर्थिक मन्दी यति नै समयसम्म जान्छ भनेर भन्न सक्ने अवस्था नरहेकोले नगरी नहुने बाहेकका खर्च गर्न नहुने बताउनुभयो । समय व्यवस्थापनमा बैंकका सञ्चालक र कर्मचारी भन्दा सहकारीका सञ्चालक र कर्मचारी पछाडि रहेको आफूले देखेको उहाँको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष महर्जनले प्रमुख अतिथि बजगाईँ र कार्यक्रम सहजीकरण गरेका सहकारी प्रशिक्षक खत्रीलाई मायाको चिनो प्रदान गर्नुभयो

त्यस अवसरमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थिय‍‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *