ललितपुरको बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ बैशाख २२ गते शनिबार बुबहालस्थित यशोधर महाविहार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेको जनाइएको छ । त्यस अवसरमा आयोजक यशोधर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजमान बज्राचार्य लगायतले रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो । उक्त संस्थाको २४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष बज्राचार्यले हाम्रो यस यशोधर बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरु महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था सफलतापूर्वक यहाँसम्म आईपगेको भन्दै सबैमा धन्यबाद ज्ञापन गर्नुभयो ।
सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आतमसात गरि सुशासन कायम गर्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाले रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आफ्नो २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गरेको सोही संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले बताउनुभयो । ‘आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोबार गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको हाम्रो यस संस्थाको निकट भविष्यमा स्वास्थ्य शिविर तथा सदस्य केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ’, उहाँको भनाइ छ ।
त्यसै संस्थाको आयोजनामा प्रत्येक शनिबार बुबहालस्थित यशोधर महाविहार परिसरमा रक्तचाप (ब्लड प्रेसर) र मधुमेय (ब्लड सुगर)को जाँच हुँदै आएको बताइएको छ ।
रक्तदान कार्यक्रमको झलक ;








