मध्यपुर थिमि नगरपालिकाको अगुवाईमा यही पुस १२,१३, र १४ गते ऐतिहासिक मध्यपुर थिमि महोत्सव हुने भएको छ । मध्यपुर थिमिको ऐतिहासिक सम्पदा, कला ,संस्कृति, मठ मन्दिर , हिटी, पोखरी, भेषभुषा, चालचलन आदिको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव हुन लाागेको आयोजकको भनाई छ । यो महोत्सवको प्रचार प्रसारका लागि विहान ८ शंखधरचोकमा भेला भई बाजागाजा सहित नगर प्ररिक्रमा गर्ने कार्यक्रम रहेको मध्यपुर थिमि नगरपालकाले जनाएको छ ।

