यही बैशाख २४-२६ मा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी- २०८० हुने


चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा यही बैशाख २२ ,२३ र २४ गते बृहत अन्तर्राष्ट्रिय औद्य‍ोगिक प्रदर्शनी-२०८० हुने भएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु-याउने उद्देश्यले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवर्द्धन सहयोग ,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा ँगतगचभह त्चबमभ ँबष्च बलम भ्खभलतक को व्यवस्थापकीय साझेदारीमा यो प्रदर्शनी आय‍ोजना गर्न लागेको आयोजकले जनाएका छन् । आधुनिक सुबिधा सम्पन्न उक्त प्रदर्शनी केन्द्रमा औद्योगिक मेशिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँदैछ । उक्त प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधि सहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ,
प्लाष्टिक,पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका र यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही बैशाख १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

अवलोकनकर्ताहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था हुने यो प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु,उच्च पदस्थ अधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिहरुलाई समेत अवलोकनकर्ताको रुपमा सहभागि भै लाभ लिन आयोजकले अनुरोध गरेको छ । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई औद्यागिक अनुभव तथा ज्ञान आदान प्रदान गर्ने समेत महत्वपूर्ण अवसर प्राप्त हुने जनाइएको छ । थप जानकारी आवश्यक परेमा तलको ठेगानामा सम्पर्क गर्न सकिने आय‍ोजकको भनाइ छ ।

Chitwan Association of Industries/Chitwan Expo Center ,Expo Road, Bharatpur-10, Chitwan
Cell : +9779855033553, 9851244453
Office: +977 56 595052, 596052, 596809
https://nepalciie.com/
https://www.cainepal.org.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *